काठमाडौँ/ प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ गरेको छ । पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए । जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए।
काठमाण्डौं/ प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ संशोधनको माग राख्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सुझाव पठाएको छ । बिहिबार जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्द्रा धामी, जिफन्ट कर्णाली प्रदेशका कार्यवाहक अध्यक्ष राधा श्रेष्ठ, सचिव श्रीपाल सारु मगरलगायतका प्रतिनिधि सहभागी श्रमिकहरुको टोलीले मस्यौदामाथिका तीनमहले सुझाव मुख्यमन्त्री शाहीलाई हस्तान्तरण गरेको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशवबहादुर थापाद्धारा हस्ताक्षरित सुझावमा सरोकारवालासँग पर्याप्त छलफल न
धरान/ इटहरी उपमहानगरपालिका–८ स्थित बिजुली अफिस नजिकबाट प्रहरीले खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय इटहरी र अस्थायी प्रहरी बिट पूर्वी गैसारबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का २६ वर्षीय निकेश माझी, इटहरी उपमहानगरपालिका–८ का २२ वर्षीय युवराज विक, मोरङको केरावारी गाउँपालिका–१ का २१ वर्षीय रेजन विश्वकर्मा र झापाको अर्जुनधारा नगरपालिका–
काठमाडौं/ प्रस्तावित “सवारी तथा यातायात ऐन, २०८३” को मस्यौदामा यातायात श्रमिक, स्वरोजगार तथा व्यवसायीका व्यावहारिक समस्या र अधिकारलाई समेट्ने बारे पूर्वाधार विकास समितिका सभापति आशिष् गजुलेरसंग मजदुर व्यवसायीहरुले अन्तरक्रिया गरेकाछन् । बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघका प्रतिनिधिले पूर्वाधार विकास समितिका सभापति माननीय आशिष गजुरेलसँग अन्तरक्रिया गर्दै प्रस्तावित ऐनका विभिन्न प्रावधान संशोधन गर्न सुझाव दिईएको मजदुर नेता भीमज्वाला राईले बताए । अन्तरक्रियामा सहभागी प्रतिनिधिहर
धरान/ सुनसरी, धनकुटा र उदयपुरका युवाहरूले जिल्लाका समसामयिक समस्या समाधान तथा नागरिक सुरक्षालाई प्रभावकारी बनाउन माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्। युवाहरूको टोलीले गृह मन्त्रालयमा पुगेर स्थानीयस्तरमा देखिएका सामाजिक, सुरक्षा तथा जनस्वास्थ्यसँग सम्बन्धित समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो। युवाहरूले लागूऔषध दुरुपयोग नियन्त्रण तथा पुनर्स्थापना सेवा विस्तार, गाँजा खेती नियन्त्रणसँगै वैकल्पिक तथा व्यावसायिक कृषि प्रवर्द्धन, सडक दुर्घटना न्यूनीकरणका लागि आधुनिक CCTV निगरानी, आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य सेवा विस्तार, लागू
सुनसरी/ भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उनको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् । मण्डलले भने, ‘जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।’ यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भएकाले आम्दानी पनि राम्रो हुन थ
धरान/ ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा श्रम संस्कृति पार्टीका श्रमदाता सोमप्रसाद राई पक्राउ परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानबाट चेकिङमा खटिएका प्रहरी सहायक हवल्दार सुवास विकमाथि हातपात गरेको सूचना पाएपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार २०८३ साउन ३० गते साँझ करिब ५ः४० बजे धरान उपमहानगरपालिका–२ माछाभौडी क्षेत्रमा चेकिङका क्रममा घटना भएको थियो। धरान–११ बस्ने ३८ वर्षीय राईले ड्युटीमा खटिएका ट्राफिक प्रहरी विकमाथि हातपात गरेको प्रहरीले बताएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी
बराहक्षेत्र/बराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित दुर्वासा वैकुण्ड मोक्ष घाटमा शव दाहा स्थल निर्माण गरिएको छ । नगरपालिकाले दुर्वासा घाट वैकुण्ड मोक्ष व्यवस्थान गर्ने योजना अनुसार मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिसंगको सहकार्यमा उक्त दुर्वासा वैकुण्ड मोक्ष घाट क्षेत्रमा ६ बटा शव दाहा स्थल , बिश्राम स्थल , सौचालय , खानेपानी लगायका संरचनाहरु निर्माण भएका छन् । नगरपालिकाको कार्यालय , मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिको सहकार्यमा उक्त संरचनाहरु निर्माण गरिएको हो । धार्मिक तथा पौराणिक महत्वको उक्त दुर्वासा घाट क्षेत्रमा संरचना व्यवस्थ
धरान/ युएन कलेज धरानमा सञ्चालित ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) प्रथम सेमेस्टरको भर्ना खुलेको एकै दिनमा सबै सिट भरिएपछि भर्ना प्रक्रिया बन्द गरिएको छ। कलेजले आइतबार नयाँ विद्यार्थी छनोटका लागि अन्तर्वार्ता तथा समूहगत छलफल सम्पन्न गरेको थियो। छनोटमा सहभागी विद्यार्थीका लागि सोमबार बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म भर्ना खुला गरिएको थियो। तर, विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिताका कारण निर्धारित सिट एकै दिनमै भरिएको कलेजले जनाएको छ। पूर्वाञ्चल क्षेत्रमा होटल व्यवस्थापन शिक्षाको अग्रणी संस्थाका रूपमा स्थापित युएन कलेजले स्थापनादेखि नै गुणस्तरीय, व्यावहारिक र रोजगारमुखी शिक्षा प्रदान ग
धरान/ धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाअन्तर्गत धरान स्वास्थ्य चौकीमा कार्यरत ल्याब टेक्निसियन लुना अधिकारीको असामयिक निधन भएपछि धरान उपमहानगरपालिकाले सोमबार (आज)एक दिन शोक बिदा दिने निर्णय गरेको छ। अधिकारीको सोमबार असामयिक निधन भएको खबरले धरान उपमहानगरपालिका परिवारलाई स्तब्ध बनाएको जनाउँदै नगरपालिकाले दिवंगत आत्माप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। कार्यवाहक नगरप्रमुखस्तरीय निर्णयअनुसार सोमबार धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, अत्यावश्यक सेवा बाहेकका मातहतका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थामा शोक बिदा दिइएको हो। नगरपालिकाका अनु