धरान । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा भएको दुर्घटनामा मृत्युभएका १४ मध्ये १० जनाको पहिचान खुलेको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार मृतक १४ मध्ये १० जनाको पहिचान खुलेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय बिपिन निरौला र सहचालक संखुवासभा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षकी उमेश भट्टराइ रहेका छन् । त्यस्तै, मादी नगरपालिका– ६ का ६ कि अञ्जना कटवाल, ३८ वर्षीय ईन्द्रबहादुर अधिकारी, ५ वर्षीय दीक्षा कटवालको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसैगरी मादी नगरपालिका–५ का ४५ वर्ष
धरानः संखुवासभाबाट झापाको दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहिबार संखुवासभाबाट दमक तर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा दुर्घटना भएको हो । घाइते भएका ५ जनालाई हेलिकप्टरबाट थप उपचारकालागि धरानस्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइदै गरेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ । बसमा कति व्यक्ती सवार थिए के कारणले दुघार्टन भएको भन्ने विषयमा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
धरान । अन्तर विद्यालय थ्री वाइ थ्री सियोन बास्केटवल प्रतियोगिताको महिला पुरुष दुवै तर्फको उपाधि होलिल्याण्ड स्कुलले हात पारेको छ । सियोन स्कुलको आयोजनामा मंगलवार सम्पन्न एकदिने प्रतियोगितामा होलिल्याण्ड स्कुलले पुरुष तर्फ युएनलाई १०–४ र महिला तर्फ आयोजक सियोन स्कुललाई ११–० अंकको अन्तरले पराजित गर्दै उपाधि जितेका हुन । विजेता तथा उपविजेताले ट्रफि, कफि पव एण्ड रेष्टोको पाच सय रुपैया वरावरको फुड भौचर, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडि पुरुष र महिला तर्फ नै होलिल्याण्ड स्कुलका युडि लिम्वु र इच्छा लावती घोषित भइन । यसैगरि उदयीमान खेलाडि आय
धरान । कोरोना महामारीको जोखिम कम हुँदै गए पछि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको हो । वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्र ५४ हजार ४ सय ७० जनाले श्रम स्वीकृति लिएको देखिएको छ । जसमध्ये ५० हजार ५ सय ३० जना पुरुष रहेका छन् भने तीन हजार ९ सय ४० जना महिला रहेका छन् । गत पुस महिनामा ६६ हजार ६ सय २५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए । चालू आवको साउन महिनामा २५ हजार ४ सय २८ जना, भदौमा ३६ हजार ४०,
धरान । सामुदायिक कुकुरहरुको संख्या बढ्दौ जा“दा धरानमा समस्या हुन थालेपछि कुकुरको बन्ध्याकरण थालिएको छ । मंगलबारदेखि एक हप्ता चल्ने बन्ध्याकरण शिविरमा अहिले धमाधम कुकुरको बन्ध्याकरण गरिदैछ । धरान उमहानगरपालिका र मिमालय एनिमल्स रेस्क्यु ट्रस्ट (हार्ड) नेपालको संयोजनमा भएको शिविरको मुख्य उद्देश्य समुदायिक कुकुरको संख्या घटाउन तथा कुकुरमा लाग्ने विभिन्न प्रकारका रोगहरुको नियन्त्रण गर्ने रहेको हार्ड नेपालका सञ्चालक खगेश्वर भट्टराईले बताए । उनले भने–‘सामुदायिक कुकुरको संख्या बढ्दै जादा कुकुरबाट लाग्ने संक्रमण र कुकुरका कारण मानवले भोग्नुपरेको समस्यालाई मध्य नजर ग री हामीले बन्ध्
धरान । आफ्नै अनुयायीलाई जबरजस्ती करणी गरेको मुद्धा खेपिरहेका बराहक्षेत्र चतराधामका सिद्धबाबा कृष्णबहादुर गिरीविरुद्धको मुद्दामा उच्च अदालत विराटनगरले चैत १५ गतेका लागि अर्को पेशी तोेकेको छ । उच्च अदालत विराटनगरले मुद्दाको पेशीमा आज भएको गोलाप्रथामा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इजलासमा परेको थियो । उक्त इजलाशमा सुनुवाइपछि मुख्य न्यायाधीश श्रेष्ठले ‘म रहितको इजलाशमा पेश गर्नु’ भन्ने आशयको आदेश गरेका थिए । सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले बलात्कार गरेको नभइ मिलेमतोमा करणी गरेको आशय उल्लेख छ । सिद्
धरान । कमिशन खाएर देशलाई गरिब बनाईराख्नेहरु एमालेबाट आत्तिएर सरकार ढाल्न खोजे पनि संसद विघटन गर्न बाध्यता भएको पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले बताएका छन् । मोरङको रंगेलीमा बुधबार आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै ओलीले पार्टी फुटाएर सरकार ढाल्न खोजेकाले संसद विघटन गर्न बाध्य भएको उनको दाबी छ । उनले भने, ‘संसद चल्न नदिने, संसदलाई अगाडि बढ्न नदिने, संसदलाई काम गर्न नदिने अवस्था भएपछि हामीले जनतामा जाने अठोट गरेका हौं, आफ्नै पार्टीका सांसदहरु बिकेर विपक्षमा मतदान गर्न थालेपछि, संसद विघटन गर्नु हाम्रो बाध्यता थियो ।’ उनले अदालतले आफू र आफ्नो पार्टी
धरान । नेपाल निजामती कर्मचारी संगठन धनकुटाको अध्यक्षमा रामकृष्ण सुवेदी निर्वाचित भएका छन् । धनकुटामा भएको संगठनको ११ औं साधारण सभाले सुवेदीको अध्यक्षतामा २० औं सदस्य कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा मैतिकुमारी राई, विकाराम राई, सचिवमा सुरेन्द्र खत्री, सह–सचिवमा विनोद बस्नेत र कोषाध्यक्षमा राजेश खतिवडा निर्वाचित भएका छन् । संगठनको प्रदेश प्रतिनिधि राजु भुजेल, इन्द्रबहादुर भुजेल र लक्ष्मीकुमारी सुवेदी निर्वाचित भएका छन् भने केन्द्रीय प्रतिनिधि तेजप्रसाद अधिकारी, शारदाप्रसाद धमला, चन्द्रकला धमला, इन्द्रबहादुर पोख्रेल र गोपाल कार्की निर्वाचित भएका छन् ।
धरान । स्थानीय तथा प्रदेश सरकारको मिलेमतोमा टेन्डर खुलाई खोला उत्खनन् गर्न जिम्मा ठेकेदार कम्पनीले जथाभावि रुपमा खोला उत्खना गर्ने क्रम बढेपछि सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन तत्काल रोक्नका लागि अन्तरिम आदेश दिएको छ । साउन १७ गते सर्वोच्चले उत्खनन् रोक्न आदेश दिए पनि उत्खनन् रनरोकिएपछि पुन ः फागुन ११ गते न्यायाधिश मोहन भट्टराई र टंक मोक्ताको इजलासले त्यसलाई निरन्तता दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ढुङ्गा, गिट्टी, बालुवा बिक्री तथा व्यवस्थासम्बन्धी मापदण्ड, २०७७ र प्रदेश स्तरबाट जारी भएका कार्यविधिको प्रभावकारितामा गम्भीर प्रश्न चिन्ह उठेको छ । पछिल्लो समय मुलुकमा नदीजन
धरान । गर्भावस्थामै पुरुष की महिला पहिचान गरि भ्रुण हत्या गर्ने अहिले पनि भइरहेको बताउँदै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखःद भएको बताएका छन् । ११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘महिलाले जन्मेपछि दुःख पाउने हैन, जन्मनै नदिने काम भईरहेको छ ।’ उनले सम्पतिको अधिकारबाट महिलाहरु अझैपनि बञ्चितिकरणमा परेको बताए । महिलाहरुलाई पुरुष सरह बराबरीको अवस्थामा पु¥याउनु आवश्यक भएको बताउँदै उनले भने, ‘ऐन कानुन परिवर्तन गरेर र प्रथा प्रचलन