धरान । धरानमा टाइफाइड खोप अभियान बैशाख ८ देखि १७ गते सम्म हुने भएको छ । स्वास्थ्य महाशाखा धरान उपमहानगरपालिकाको आयाोजनामा १५ महिना देखि १५ बर्ष उमेर सम्मका बालबालिकाहरुलाई लक्षित गरि अभियान शुरु भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै धरानका २० वटै वडामा टाइफाइड खोप संञ्चालन हुने स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । नेपालमा प्रत्येक बर्ष १५ हजार विमारीले टाइफाइडबाट ज्यान गुमाउने गरेका छन । यसलाई फैलिन नदिन र यो रोगलाई नेपालमा शुन्य दरमा ल्याउन बालबालिकाहरुलाई अनिवार्य खोप लगाउनु पर्ने मेहेताले बताए । १५ बर्ष भन्दा माथिका उमेर समुहलाइ यस्ले त्यति असर नपार्ने भएकाले खोप १५ महिना द
धरान । सुनसरीको रामधुनि ५ झुम्काको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मृत्यु हुनेमा झुम्का ३ का २८ बर्षीय अर्जुन ऋषिदेब रहेका छन् । मंगलबार दिउँसो पौने १२ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को २ त ८८१८ नम्बरको ट्याक्टरमा सवार ऋषिदेब र झुम्का ३ का २७ बर्षीय जितेन सरदार गुडिरहेको ट्याकटरबाट लडेर घाईते भएको र उपचारको लागि ऋषिदेवलाई बिराट टिचिङ अस्पताल बिराटनगर तथा सरदारलाई स्थानिय मेडिकलमा लगिएकोमा ऋषिदेवको उपचारको क्रममा मृत्यु भएको हो । चालक र ट्याक्टर दुवैलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्ध
धरान । वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरानमा सत्ता गठबन्धन दलहरुबीच पटक पटक बसेको छलफलमा समेत भागबण्डा मिलाउन सकस देखिएको छ । केन्द्रकै सर्कुलर अनुसार गठबन्धन एक ठाउँमा उभिएर चुनाव लड्ने सहमति भएपनि धरान उपमहानगरपालिकामा पटक पटक छलफल हुँदा पनि मेयर, उपमेयर र २० वटै वडाका वडाध्यक्ष पदमा सहमति नजुट्दा गठबन्धनबीच भागबण्डामा समस्या भएको हो । नेकपा माओवादी केन्द्रका धरान इन्चार्ज चोत्लुङका अनुसार मंगलबार अबेरसम्म पनि गठबन्धन दलबीच छलफल चलेको थियो । छलफल निष्कर्ष विहिन भएको चोत्लुङको भनाई छ । उनले भने, ‘गठबन्धनलाई कसरी प्रभावकारी बनाएर लाने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,
धरान । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि आंकाक्षीहरु धेरै भए पछि ठुला दलहरुलाई उम्मेदवार टुङ्ग्याउन सकस भइरहँदा गठबन्धन बाहेकका साना दलहरु भने सर्वसम्मत उम्मेदवार चयन गरेर चुनावी अभियानमा होमिन थालेका छन् । धरान उपमहानगरपालिकाको मेयर, उपमेयरका लागि साना दलहरुले उम्मेदवार सार्वजनिक गर्न थालेको हो । ठुला दलहरुबाट उम्मेदवारका आकांक्षी धेरै भए पछि उनीहरुलाई सकस परेको छ । साना दलमा पनि आकांक्षी धेरै देखिए पनि उम्मेदवार सर्वसम्मत गर्न चयन गरेका छन् । यस बिच राष्ट्रिय प्रजातन्त्र पार्टीले धरान उपमहानगरपालिकाको मेयरका लागि नरेश शाक्य र उपमेयरमा पुर्णिमाया राईलाई उम्मेदवार बनाउने सर्व
धरान । देश संघीयतामा गए पछिको स्थानीय तहको निर्वाचन पछिको विराटनगरलाई राजनितिक रुपमा हेर्ने हो भने कांग्रेस र एमाले पछि जनता समाजवादी प्रतिस्पर्धामा छ । अघिल्ला निर्वाचनमा माओवादी अन्य दल सँग गठबन्धन गरेर निर्वाचन लडेको थियो अहिले पनि गठबन्धनमै रहेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार भीम पराजुलीले चुनाव जित्दा एमाले दोस्रो र तत्कालीन संघीय समाजवादी तेस्रो दलका रूपमा विराटनगरमा देखिएका थिए । मेयरमा निर्वाचित पराजुलीले २३ हजार ३१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए । गत चुनावमा एमालेले विजयकुमार गच्छदार नेतृत्वको लो
धरान । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् । कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घाटन गरेका छन् । कार्यक्रममा प्रिन्सिपल डा. घिमिरे, नर्सिङ डाइरेक्टर निलम झा, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा. निरञ्जन कुमार र डा. दिपेन्द्र नौलखाले स्वस्थ जीवनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुँने भन्दै खेलकुद उत्सव सफलताको शुभकामना दिए । सात दिनसम्म सञ्चालन हुँने फियस्टामा फुटबल
धरान । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई जना प्रहरी कर्मचारीहरुलाई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रदेश प्रहरी कार्यालयको आरआइटि समुहमा कार्यरत प्रहरी सहायक निरीक्षक ज्ञानु खड्का र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी हवल्दार गुणराज अधिकारीलाई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो । पुरस्कृत प्रहरीद्वयले सर्वसाधारणलाई त्रसित बनाउन बिष्फोटक पदार्थ प्रेशर कुकर बम राखेका मुख्य योजनाकार तथा संलग्न व्यक्तिहरुको पहिचान गरी निजहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने
धरान । धरानमा भइरहेको हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा झापाको दुधे भेट्रान र मोरङको लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो खेलमा सुनसरीको दुहबी भेट्रानलाई २–० गोल अन्तरले पराजित गर्दै दुधे भेट्रान सेमिफाइनलमा प्रवेश गरेको हो । दुधेका लागी भिष्म सिटौला र लोकनाथ राईले गोल गरे । सिटौलाले खेलको ३८ औं मिनेटमा गोल गरेका हुन् भने राईले खेलको ६२ औं मिनेटमा गोल गरेका हुन् । दुधेले पहिलो खेलमा जनता भेट्रान इटहरीलाई पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा झापाको विर्तामोड भेट्रानलाई पराजित गर्दै लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरेको छ । लेटाङले बिर्तामोडलाई ३&ndas
धरान । विराटनगरसहित पूर्वी बजारमा बिस्कुटको उल्लेख गरिएभन्दा कम तौल भेटिएपछि कारवाही गर्न माग गर्दै उजुरी दर्ता भएको छ । सुनसरीको दुहबीमा उत्पादन हुने गुडलाइफ बिस्कुट कम तौल भेटिएको तर मूल्य भने उहि तिनुपर्ने देखिएको भन्दै उपभोक्तावादी अधिकारवादी संस्था पब्लिक फोरमले आवश्यक छानबिन र कारवाही गर्न माग गर्दै वाणिज्य तथा नापतौल कार्यालयमा उजुरी दर्ता गराएको हो । पाकेटमा २ सय १५ ग्राम तौल उल्लेख भएपनि सो ब्रान्डका बिस्कुटको तौल भने कम फेला परेको पब्लिक फोरमले जनाएको छ । सन् २०२२ फरबरी १५ तारिख उल्लेख भएको ब्याच नं. १९ को गुडलाइभ बिस्कुटमा १ सय ९८ देखि २ सय ग्राम मात्र तौल भेटिएको थियो । कम तौलक
धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सर्वसम्मत उम्मेदवार छान्न नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले स्थानीय नेताहरुलाई निर्देशन दिएका छन् । सोमबार नेकपा एमाले धरानका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै व्यक्ति नभई पार्टीलाई जिताउने अभियानमा लाग्नुपर्ने बताए । धरान उपमहानगरपालिकामा मेयर पदका लागि ११ जना आकांक्षीको नाम सिफारिस भएको छ । उनले भने, ‘कार्यकर्ताको भावना अनुसार आफुले स्वमुल्यांकन गरेर मेरै नाममा सहमती हुन्छ भन्दा पनि को उठ्दा जितिन्छ भनेर अभियानमा लाग्नुपर्छ ।’ उपनिर्वाचनमा हारेकाले विरोधीहरु उत्साहित भएकाले उनीहरुको उक्साहटमा नलाग्न आग्रह गरे । उ