समाचार

    Showing 4,591-4,600 of 8,573 items.
  • डुबान समस्याका विषयमा भारतीय पक्षको ध्यानकर्षण

    धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एकीकृत भन्सार जाँचचौकी (आइसीपी)का कारण हुने डुबान समस्याको निराकरण गर्न भारतीय पक्षको ध्यानाकर्षण गराएका छन् । भारतीय दूतावासका फष्ट सेक्रेटरी करुण बंसाल नेतृत्वको टोलीलाई मेयर कोइरालाले आइसीपीका कारण उत्पन्न डुबान समस्याबारे अवगत गराउँदै ध्यानाकर्षण गराएका हुन् । सीमावर्ती क्षेत्रमा निर्माण गरिएको आइसीपीको पर्खालका कारण हरेक वर्षायाममा विराटनगर–१८ का विभिन्न टोल डुबानमा पर्ने गरेको छ । मेयर कोइरालाले समस्या समाधानको उपाय खोज्न भारतीय पक्षलाई आग्रह समेत गरे । ‘आइसीपीको अग्लो पर्खालका कारण वर्षाको समयमा पानी ब्लक हुने गरेको छ,&rsq

    • प्रकाशित मितिः असार २, २०७९
    • 756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मृगौला पीतिलाई राहत : एक हजारमै डाइलासिस

    धरान । मिर्गौला पीडित विरामीहरूले चर्को शुल्क तिर्दा पनि घण्टौ लाइनमा बसेर हेमोडायलाइसिस गरेको घटना बाहिर आइरहँदा विराटनगरस्थित न्यूरो अस्पतालले मिर्गौला समस्या भएका विरामीको लागि सस्तोमा डाइलासिस गर्ने भएको छ । अस्पतालमा मिर्गौला पीडित विरामीहरूको सहजताको लागि एक हजारमा डायलाइसिस सेवा सुरू गरेको छ । अब मिर्गौला पीडित विरामीहरूले डायलाइसिस गर्नुपरे न्यूरो अस्पतालले गत वैशाखदेखि विराटनगरको महेन्द्रचौकस्थित हेमाडायलासिस सञ्चालनमा ल्याएको छ । सर्वसुलभ ढंगमा गुणस्तरीय डाइलासिस गर्न पाउने भएपछि विरामीले राहत मिलेको बताएका छन् । अस्पतालका डाइरेक्टर ई. रन्जितराज बस्नेतले विरामीहरूको सहजताको लागि

    • प्रकाशित मितिः असार २, २०७९
    • 621 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

    धरान । झापाको झापा गाउँपालिका ३ कल्लामारी स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधबार दिउसो सवा २ बजे मे १ त ४४१८ नम्बरको ट्याक्टरले मे ११ प २८२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिइ दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २० बर्षीय अख्तर अलिको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । उक्त ट्रयाक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २, २०७९
    • 592 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्तरपालिका फुटबलको उपाधि धनकुटालाई

    धरान । अन्तरपालिका स्तरीय शहीद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले जितेको छ । धनकुटामा शनिबार शरु भएको प्रतियोगिता शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले आयोजना गरेको थियो । मंगलबार भएकोे फाइनलमा धनकुटा नगरपालिकाले चौबिसे गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । विजेता धनकुटा नगरपालिकाले नगद ५० हजार रूपैयाँसँगै कप हात पारेको छ । उपविजेता चौबिसे गाउँपालिकाले ३० हजार नगदसहित ट्रफी हात पारेको छ । फाइनल खेलको वुमन अफ द म्याच धनकुटा नगरपालिकाकी अनिता लम्जेल घोषित भइन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडी धनकुटा नगरपालिकाकै

    • प्रकाशित मितिः असार २, २०७९
    • 592 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिसी क्यामरा नै छैन: ‘तपाई सिसी क्यामराको निगरानीमा हुनुहुन्छ’

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डमा जोकोही पुग्यो भने त्यहाका भित्तामा ‘तपाई सिसी क्यामराको निगरानीमा हुुनुहुन्छ’ भन्ने सूचना भित्तामा टाँगेको देखिन्छ । तर सिसी क्यामेरा खोज्ने हो भने कही पनि भेटिदैन । एसियाकै ठूलो अस्पताल प्रतिष्ठानको यस्तो वेथितिका कारण सर्वसाधारणको मोटरसाइक हराउने, सामान चोरी हुने, मोवाइल चोरी हुने, पर्स चोरी हुने घट्ना बढेको हो । ‘नाङ्लो टठाएर हात्ती तर्साउने’ नियतले राखिएको यस्ता सूचनामा प्रतिष्ठानमा पुग्ने जोकोहीलाई थाहा नहुने कुरै हुँदैन । सिसी क्यामेरा नभएकै कारण विगतदेखि नै पार्किङमा राखिएका मोटरसाइक

    • प्रकाशित मितिः असार २, २०७९
    • 794 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकमा करिब ४० अर्ब बराबरको बजेट

    धरान । प्रदेश १ सरकारले आगामी आर्थिक ०७९÷८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमाननित बजेट संसदमा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो बजेट बुधबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान वचत फिर्ता २ अर्ब रहेको जानकारी गराए । उक्त बजेटको अनुमानित स्रोत व्यहोर्ने प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८

    • प्रकाशित मितिः असार २, २०७९
    • 627 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘एम्बुलेन्स क्याम्प’ बाट १ हजार ५ सय बिरामी लाभान्वित

    धरान । विराटनगरको नोवेल अस्पतालले गाउँमै पुगेर सर्वसाधारको उपचार गरेको छ । अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गाउँमै ‘एम्बुलेन्स क्याम्प’ सञ्चालनज गरेका हुन् । सञ्चालन गरेको क्याम्पबाट विगत दुई साताको अवधिमा मोरङको क्षेत्र नं.३ का एक हजार पाँच सय बिरामीले गाउँमै निःशुल्क उपचार पाएका छन् । नोबेल अस्पतालमार्फत सञ्चालित क्याम्प मोरङको बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकामा ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन भइरहेको छ । चिकित्सक सहितको टोली एम्बुलेन्समा जाने र गाउँका विरामीको खोजीखोजी उपचार गर्ने गरिएकाले एम्बुलेन्स क्याम्प नाम दिइएको हो । हरेक

    • प्रकाशित मितिः असार १, २०७९
    • 572 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विश्व रक्तदान दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    धरान । सुनसरीको दुहवीमा विश्व रक्तदान दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै दुहवी जेसीज तथा रौनियार सेवा समितिको संयुक्त आयोजनामा नेपाल रेडक्रस विराटनगरसंगको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकोे हो । मंगलबार दुहवी नगरपालिकाको प्रांगरणमा आयोजित रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको दुहवी जेसीजका अध्यक्ष दिपेश राउतले बताए । दुहवी जेसीज तथा रौनियार सेवा समितिको संयुक्त आयोजनामा भएको कार्यक्रमका रक्तदान गनेहरुलाई प्रशंसापत्र प्रदान गरिएको कार्यक्रम संयोजक कुनाल रौनियारले बताए । रक्तदान कार्यक्रममा दुहवी नग

    • प्रकाशित मितिः असार १, २०७९
    • 566 पटक पढिएको
    • "चन्दन रौनियार"
  • ‘मलाई न्याय खोई ?’

    मोरङ/ ‘डेढवर्षसम्म एउटा ओछ्यानलाई नै संसार मानेर बस्नु सामान्य कुरा होइन । यो सपना पनि होइन । यो त धेरै कठिन भएको छ,’ विराटनगर ६ मा डेरा गरी बसोबास गरिरहेका माधव बस्नेतले आफ्नो पीडा सुनाए । मोटरसाइकलमा यात्रारत उनलाई डेढ वर्ष अगाडि सिरहाको लहानमा ट्याक्टरले किचेको थियो । त्यसयता उनको संसार एउटा कोठा अगाडि र ओछ्यानमा सीमित बनेको छ । ‘बेडबाट झर्न पनि सक्दिन । दिसा पिसाव यही हुन्छ । मेरो आर्थिक अवस्था कमजोर भएको कारण उपचार थप गर्न सकेको छैन, उपचार गराउन नसकेको कारण मैले आर्थिक सहयोगको लागि सहयोगी हातहरुलाई आव्हान गर्दछु,’ उनी भन्छन् । त्यो दिनको घटना...उनको लिभरमा क्

    • प्रकाशित मितिः असार १, २०७९
    • 653 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तलब नबढेको भन्दै गाउँपालिकामा ज्ञापनपत्र

    धरान । सरकारले आर्थिक बर्ष २०७९–८० को बजेट भाषणामा कर्मचारीको तलबमा १५ प्रतिशत बृद्धि गरेपनि विद्यालयका कर्मचारी, लेखापाल र विकास शिक्षको तलब नबढेको भन्दै तलब बढाउन माग गर्दै झापाको कचनकवल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले सरकारले बजेट भाषणमा आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाए पनि विद्यालय कर्मचारी, लेखापाल र बाल विकास शिक्षकको तलब वृद्धिको विषय सरकारले कुनै सम्बोधन नगरेको भन्दै आफूहरुको तलब पनि सरकारले वृद्धि गरेको सो सरह हुनुपर्ने भन्दै गाउपालकालाई ज्ञापनपत्र बुझाएका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद् कचनकवल अध्यक्ष भीमबहादुर राईले राष्ट्रसेव

    • प्रकाशित मितिः असार १, २०७९
    • 603 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved