धरान । दिनप्रतिदिन सवारी चाप गएपछि दुर्घटना न्यूनिकरणका लागि सरोकारवालाहरु गम्भीर बनेका छन् । धरान ३ माछाभौडीदेखि सिंहदेवीचौकसम्म मंगलाबारबाट सवारी साधनको एकतर्फी पार्किङ शुरु गरिएको छ । दुईतर्फी पार्किङ हुदा सवारी आवागमनमा सहज बन्ने र दुर्घटना बढ्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानले जनप्रतिनिधि, व्यापारी तथा व्यवसायीहरुसँग एकतर्फी पार्किङका लागि पहल अगाडि बढाएको थियो । एकतफी पार्किङका लागि पटक पटक छलफल समेत भए, अन्तत: सबैको समझदारी अनुरुप धरानको पुरानो बजारमा एकतर्फी पार्किङ राख्ने काम भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए । उनल
धरान l प्रदेश एकको नामाकरण पछिल्लो समय थप पेचिलो बन्दै गएको छ । मुख्य ठूला दलहरुले कोशी वा सप्तकोशी नामाकरण गर्ने विषयमा छलफल गरिरहँदा पहिचानवादीहरुले यसमा आपत्ति प्रकट गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । प्रदेश सरकारको साढे चार बर्षको अवधिमा तीनवटा मुख्यमन्त्री फेरिए सके तर अब समय सकिन लाग्दा नेकपा एमाले तथा गठबन्धनका दलहरुले पहिचानको मुद्दालाई ओझेलमा पारेर प्रदेश एकको नामकरण गर्न लागेको भन्दै पहिचानवादीहरुले मंगलबार मुख्यमन्त्रीको कार्यालयमै पुगेर मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाउदै साउन ५ गते विराटनगरमा वृहत जनप्रदर्शन गर्ने जनाएका छन् । लिम्बुवान, किराँत संयुक्त संघर्ष
धरान । विभिन्न प्रलोभनमा पारी विद्यालयका छात्राहरुलाई यौन दुव्र्यवहार गर्ने गरेका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–८ सान्ताङ स्थित देउराली माविका शिक्षक चन्द्रकुमार राई (एवाई) लाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नै विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू माथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा आइतबार दिउँसो उजुरी परेको थियो । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घट्नापछि शिक्षक राई फरार थिए । राई माथि विद्यालयका ११ देखि १५ वर्षका ८ जना विद्यार्थीहरुलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । प्रहरीले राति ९ बजे विद्यालय हाताबाटै शिक
धरान । एसइई स्टेट १ डान्सिङ स्टार प्रतियोगितामा भाग लिएर सेकेण्ड रनरअप बनेकी प्रकृति खाापुलले भाइको जन्मदिन पारेर अपाङ्ग तथा असहायहरुलाई सहयोग गरेकी छन् । धरान–१२ को सुनाखरी एकेडेमीबाट एसइई दिएकी छात्रा खापुङले पुरस्कार वापत आएको रकम भाइको जन्मदिनका अवसरमा धरानको छाताचौकमा रहेको अपांग तथा असहाय केन्द्रमा सहयोग गरेकी हुन् । खापुङले उपाधिसँगै १५ हजार नगद र प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति पाएकी थिइन् । पुरस्कार रकममा २ हजार थप गरेर उनले भाई प्रतिक खापुङको जन्मदिनमा गृहका प्रमुख भीम राईलाई हस्तान्तरण गरेकी हुन् । गृहका प्रमुख भीम राईले प्रकृतिको सहयोगी मनको खुलेरै प्रशंसा
धरान । धरान उप–महानगरपालिकाका उप–प्रमुख अइन्द्र विक्रम बेघाले अपांग तथा असहाय बालबालिकासँग आफ्नो जन्म दिन मनाएका छन् । सोमबार उनलो आफनो जन्मदिन धरान छाताचोकमा रहेको अपांग तथा पुनःस्थापना केन्द्रमा रहेका २६ जना असक्त र बालबालिकाहरुसङ्गै खाना खाएर जन्म दिन मनाएका हुन् । बेघाले भने–‘जन्म दिनमा गरिने फजुल खर्चलाई कटौति गरेर बालबालिकासँग जन्म दिन मनाउँदा आनन्द लागेको छ ।’ रचनात्मक ढंगबाट उपमेयर बेघाले जन्मदिन मनाएकोप्रति केन्द्रका प्रमुख भिम राईले जानकारी प्रशंसा गरे । राईले उप–प्रमुख बेघालाई जन्म दिनको शुभ–कामना समेत ब्यक्त गर्दै धरानको समग्र
धरान । मिस एण्ड मिस्टर एसइइका प्रतियोगिहरूले आ–आफ्नो प्रतिभा देखाएका छन् । असार ३२ गते हुने फाइनलमा छनौट भएका १४ जना प्रतियोगिहरूले ट्यालेन्ट राउण्डमा आ–आफ्नो प्रतिभा देखाएका हुन् । उनीहरूले नृत्य, गायन र नाटक प्रस्तुत गरेको जय मिडिया मेनेजमेन्टकी सिइओ नीशा खतिवडाले जानकारी दिइन् । प्रतियोगिताको फाइनलमा दृश्टी भण्डारी, एलिजा खत्री, पबिना गुरुङ्ग, प्रतिष्ठा रिजाल, प्रियंकाकुमारी साह, रिया कुमारी राजबंशी, सबिना बिस्ट, सचिता कुमारी महतो पुगेकी छिन् । यस्तै स्मारिका सुबेदी, सृजना चौधरी,सुप्रियाचौधरी, अरुण कुमार साह, हृदेश राइ र रोहन रसैली पुगेका छन् । ट्यालेन्ट राउण्डको निर्णायहरुमा
धरान । ऐलानी पर्ती जग्गाले ठूलो भूभाग ओगटेको सुनसरीको वराहक्षेत्रमा वन कार्यालयको वक्रदृष्टिका कारण गौरवका योजना पूरा हुन सकेका छैनन् । यता स्थानीय सरकारले समेत जग्गा प्राप्तिको प्रक्रिया पूरा नगर्दा योजना प्रभावित भएका छन् । बराहक्षेत्र ६ स्थित साकेला पार्कमा निर्माण भइरहेको किरात राई जातिको भवन निर्माण सम्पन्न हुनै लाग्दा डिभिजन वन कार्यालय सुनसरीले अवरोध सिर्जना गरेको छ । अवरोध सिर्जना भएपछि निर्माण सम्पन्न हुनै लागेको किरात राई यायोक्खाको सभा हल र स्टोरको काम रोकिएको छ । डिभिजन वन कार्यालयको यो अवरोध पछिल्लो उदाहरण मात्र हो । केही वर्ष अघि नै धार्मिक वनका रुपमा रुपान्तरण गर्ने भनेर डिएफओ
धरान । नेपालको कानुनमा गाँजा खेतिलाई अवैधानिक मानिन्छ । गाँजाको व्यापार व्यवसाय गर्नेलाई प्रहरी प्रशासनले पक्राउ गरेर कार्वाही गर्छ । देशभर दिनमा कही न कही गाजा कारोबारीलाई प्रहरीले प्रक्राउ गरेर कार्वाही गरिरहेकै छ । तर धनकुटाका सर्वसाधारणले भने गाजा खेतिलाई वैधानिकता दिनुपर्ने भन्दै अभियान नै चलाएका छन् । उनीहरुले ‘गाँजा वैधानिक महाअभियान’ चलाएर गाजालाई वैधानिकता दिनुपर्ने भन्दै हस्ताक्षर अभियान समेत चलाएका छन् । खाल्सा छिन्ताङ्ग धनकुटाका सर्वसाधारणले नेपालको गाँजा,समृद्धिको राजा नाराका साथ गाँजालाई वैधानिकता प्रदान गर्न पर्ने माग गर्दै धनकुटामा हस्ताक्षर अभियान असार २३ गतेदेख
धरान । जनता समाजवादी पार्टी नेपालका आम नेताकार्यकर्ता कुनै पनि हालतमा यतिवेला पार्टी फुटको पक्षमा छैनन् । बरु अहिले पार्टी भित्र देखिएको सबै प्रकारका वादविवादलाई अन्त्य गरेर आउदै गरेको स्थानीय निकायको चुनावमा भाग लिएर काङ्ग्रेस एमाले माओवादी जस्ता यथास्थितिवादी पार्टीलाई हराउदै सत्तामा पुगेर पार्टीले उठाएको मुल मुद्दा सङ्घियता,शुशासन, समृद्धि र समाजवाद सहित समुन्नत समाजवादको दिशानिर्देश गर्नुपर्ने दृढता लिएकाछ्न । पार्टी फुटको हल्ला, नेतृत्वमा एकाअर्का बीच सम्वादहिनताको अबस्थामा पार्टी प्रमुख अङ्ग १०ं१ राष्ट्रिय समितिले नेतृत्व संग प्रत्येक्ष भेट गरि ध्यानाकर्षण गराउदै पार्टी फुट्नु हुन्न भने
धरान । झुठ बोलेर जनता नझुक्याए नेताले भोट पाउँदैनन् । आश्वासन नदिए पत्याउनेवाला छैनन् जनता । नेपाली राजनीतिमा ‘झुठको खेती’ पुरानो रोग हो । निर्वाचनताका संकल्पपत्र, प्रतिबद्धतापत्र र आश्वासनहरुमा आधा बढी त पूरा गर्न नसक्ने प्रतिबद्धता सार्वजनिक गरिएको हुन्छ । सार्वजनिक रुपमै विकाससँग जोडिएका प्रतिबद्धता पूरा गर्ने आश्वासन दिन्छन् नेता, र चुनाव जित्छन् । चुनावजितेपछि प्रतिबद्धता उनीहरुको प्राथमिकतामा पर्दैन । आफ्ना कार्यकर्तालाई जागिर लगाइदिने र लाभको पदमा पुर्याउने धेरै प्रतिबद्धता सार्वजनिक हुँदैनन् । कतिपय झुठ ‘ओपन सेक्रेट’ हुन्छन् तर पनि नेताले ‘लाज