समाचार

    Showing 4,441-4,450 of 10,136 items.
  • खानेपानी बोर्डको अध्यक्ष साम्पाङ विरुद्धको अन्तरिम आदेश अस्विकार

     धरान/ धरान खानेपानी बोर्डको अध्यक्षका रुपमा काम गर्न मेयर हर्क साम्पाङलाइ बाटो खुलेको छ । उनी विरुद्ध उच्च अदालत बिराटनगरमा परेको रिटको सुनुवाइमा जेठ २६ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भन्दै अस्विकार गरे पछि बोर्ड अध्यक्षको बाटो खुलेको हो । उनी विरुद्ध सुनसरी उद्योग बाणिज्य संघ तथा बोर्ड सदस्य बिजय श्रेष्ठले आफूखुसी खानेपानी बोर्डको अध्यक्ष बनेको भन्दै साम्पाङविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ गर्दै न्यायाधीश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार साम्पाङ विरुद्धको अल्पकालीन अन्तरिम आदेशलाइ निरन्तरता दिनु

    • प्रकाशित मितिः असार २१, २०८०
    • 1,092 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध सहित ६ जना पक्राउ

    बिराटनगर / झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार झापा स्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका ३ का २४ बर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका ८ का २५ बर्षीय सुवास कार्की, २५ बर्षीय लोकेश राई लेटाङ ९ का २० बर्षीय दिबाहाङ राई,२० बर्षीय पवन बाग्दान र २६ बर्षीय अबिषेक दर्जी समेतलाई स्पासपेन २ सय चक्की, ट्रामाडोल ६

    • प्रकाशित मितिः असार २०, २०८०
    • 1,003 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइईको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी

    सुनसरी /  माध्यमिक शिक्षा परीक्षा 'एसइई' को नतिजा आउँदो शुक्रबारभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ। बोर्ड अध्यक्ष महाश्रम शर्माले शुक्रबारभित्रै एसइईको नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए। उनका अनुसार एसइईको नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन्। २०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए।

    • प्रकाशित मितिः असार २०, २०८०
    • 929 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपांग तथा असहाय केन्द्रको सहयोग निरन्तर

      धरान/  कतिपय संघ संस्थाहरु मानवीय सहयोग भन्दा पनि आफ्नो स्वार्थका लागि स्थापना भएका हुन्छन्, थोरैमात्र निःस्वार्थ भावनाले अभिप्रेरित भएर सञ्चालन हुने गरेका छन् । यसमध्ये धरान १९ मा रहेको अपांग तथा असहाय पुनस्र्थापना केन्द्र धरान पनि एक हो । यो संस्थाले अपांगता भएका लागि निरन्तर सहयोग गरेर आफूलाई स्थापित गरेको छ । धरान १९ स्थित अपांग तथा असहाय केन्द्र अपांग तथा असहायका लागि सहयोगीको रुपमा विगतदेखि नै प्रस्तुत हुदै आएको छ । यो संस्थाले आर्थिक बर्ष ०७९/ ०८० को असार २० गतेसम्म गरिब तथा अपांगता भएका सैयौलाइ खाद्यान सामाग्री, निःशुल्क स्वास्थ्य विमा, जीविको पाजर्नका लागि अपां

    • प्रकाशित मितिः असार २०, २०८०
    • 989 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ६ महिनाको अवधिमा ५७ वटा मानव अधिकार उल्लंघनका घट्ना

    धनकुटा/  ६ महिनाको अवधिमा ५७ वटा मानव अधिकारका घटना धनकुटामा घटेको अनौपचारिक सेवा केन्द्र इन्सेकले जनाएको छ । नेपाल मानब अधिकार बर्ष पुस्तकको सार्वजनिक गर्दे सन् २०२३ को ६ महिनाको अवधिमा मानव अधिकारका ५७ वटा घटना घटेको अनौपचारिक सेवा केन्द्र इन्सेकले जनाएको हो । ५७ वटा घटना मध्ये २ जनाको हत्या, झडपबाट २ जना घाइते, मोसो दलेर दुव्यावहार १ जना, बोक्सीको आरोप १ जना, कुटपिट १ जना ३ जना बालिका सहित ७ जना महिला बलात्कृत, बाल यौन दुव्यावहारमा २ जना , घरेलु हिंसा ४० जना सार्वजनिक सेवाबाट बञ्चित १ जनासहित ५७ वटा मानव अधिकार उल्लंघनको घट्ना भएको इन्सेकले जनाएको छ ।  

    • प्रकाशित मितिः असार २०, २०८०
    • 854 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्वोच्चको फैसला गोपाल मन्दिरको पक्षमा

    धरान/  धरान १४ स्थित गोपाल मन्दिरको जग्गाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ । अदातले २०८० जेष्ठ २२ गते मन्दिरको पक्षमा फैसाला गरेको हो । फैसला भएसँगै मन्दिरको जग्गा मन्दिरलाई प्राप्ति भएको छ । कल्याणी माताको नाममा बनेको समितिले २०६८ सालमा समिति नै बनाएर जग्गा अतिक्रमण गर्ने विरुद्ध गोपाल मन्दिर बचाउँ संघर्ष समितिले सर्वोच्चमा मुद्धा दायर गरेको थियो । कल्याणीमाताको नाममा २०६८ सालदेखि जग्गा अधिग्रहण गरी भौतिक संरचना समेत बनाइएको थियो । अब सर्वोच्चको निर्णयसँगै कल्याणी माताको नामममा रहेको भौतिक संरचना समेत भत्किने भएको छ । गोपाल मन्दिर बचाउँ संघर्ष समितिकी संयोजक पूर्णिमा राई

    • प्रकाशित मितिः असार २०, २०८०
    • 1,880 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिमा बिबाद चर्काउदै धरान र इटहरीका मेयर, समाधानका लागि समिती बन्ने

     धरान/  सिमा बिबादलाइ लिएर पुनः धरान र इटहरी उपमहानगरपालिकाका दुई मेयर बिच दोहोरी चलिरहेको छ । केही महिना अघि धरानका मेयर हर्कराज राइले तरहरा मास्तिर पानीपियामा धरानको सिमा प्रारम्भ भएको बोर्ड राख्न लगाएका थिए । लगत्तै इटहरीको तर्फबाट एमाले निकट युवा संघले बोर्ड हटाएको थियो । त्यसपछी दुबै नगरका मेयर बिच सिमा विवादलाई लिएर दोहोरी शुरु भएको हो । सिमा बिबादले नागरिक बिच द्वन्द्व निम्त्याउन सक्ने भन्दै दुबै नगरका मेयरको आलोचना हुन थाले पछि सम्बम्धित निकायलाइ पहल गर्नका लागि सुझाब आएको थियो । सुझाबकै आधारमा धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले जिल्ला समन्वय समिति सुनसरीलाइ प

    • प्रकाशित मितिः असार २०, २०८०
    • 889 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढी पहिरोको कारण कोशी प्रदेशका दुई राजमार्ग सहित तमोर करिडोर अबरुद्ध

    सुनसरि /  केही दिनदेखिको अविरल वर्षाको कारण आएको बाढि र पहिरोले सडक अवरुद्ध हुँदा कोशी प्रदेशका दुई राजमार्ग सहित तमोर करिडोरमा सवारी साधन ओहोरदोहोरमा समस्या भएको छ । विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन्। विभागका अनुसार केचना –चन्द्रगढी –चारआली –इलाम –फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्ग पूर्ण बन्द छ। त्यस्तै पूर्वकै चतरा –मुलघाट –माझीटार –अमपारपुरडाँडा –गणेशचोक पुग्ने तमोर करिडोर अन्तर्गतको माझीटारमा अवरूद्ध हुँदा त्यो सडक पनि सञ्चालनमा छैन। त्यस

    • प्रकाशित मितिः असार २०, २०८०
    • 1,274 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सवारी दुर्घटना न्यूनीकरण गर्न चेतनामुलक कार्यक्रम आवश्यक : मुख्यमन्त्री कार्की

    विराटनगर/  कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । मङ्लबार देखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को समुद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको बताए । उनले भने, यातायात व्यवसायि, सवारी चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायतका सरोकारवालाहरु बीच आपसी सहकार्य गरी काम गर्न सकेमा दुर्घटना कारण वर्षेनी हुने मानवीय र भौतिक क्षति रोक्न सकिन्छ । उनले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालक

    • प्रकाशित मितिः असार १९, २०८०
    • 918 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिपरको ठक्करबाट एक महिलाको मृत्यु

    इटहरी /  टिपरको ठक्करले इटहरीको मुख्य चौकमा स्कुटी चालक एक महिलाको मृत्यु भएको छ । आज दिउँसो ३ बजेतिर ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु हो । टिपरले ठक्कर दिदाँ तत्काल पहिचान नखुलेकी महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । टिपरको ठक्करबाट मृत्यु भएपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । स्थानीयबासीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १९, २०८०
    • 1,907 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved