समाचार

    Showing 3,481-3,490 of 8,512 items.
  • पत्रकार दाहाल पुरस्कृत

    धरान /  सेछ पर्यटन पत्रकारिता पुरस्कार २०७९ बाट इटहरीका सञ्चारकर्मी हिमाल दाहाल पुरस्कृत भएका छन् । दाहाललाई पर्यटन प्रवर्धनमा कलम चलाए वापत सेछले प्रदान गर्ने गरेको पुरस्कारबाट यस वर्ष इटहरीका सञ्चारकर्मी दाहाल पुरस्कृत भएका हुन् । उनलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यानमन्त्री सुदन किरातीले नगद १० हजारसहित दोसल्लासहित प्रमाणपत्रले पुरस्कृत गरेका हुन् । पर्यटन विद्यामा कलम चलाउने एक जना सञ्चारकर्मीलाई सेछले प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ । यस वर्ष इटहरीका सञ्चारकर्मी हिमाल दाहाललाई पुरस्कृत गरिएको सेछ ट्राभलिङका सञ्चालक बासुदेव बरालले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 510 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • न्यूरो हस्पिटलको स्वास्थ्य अभियान

    मोरङ /  विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको छ । मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको हो । न्युरो अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले आफु हुर्केको ठाउँको सम्मान स्वरुप यो अभियानको प्रराम्भ भएको जानकारी गराइन् । बाहुनी क्षेत्रका बासिन्दाहरुलाई न्युरो अस्पतालले प्रदान गर्दे आएको सम्पूर्ण स्वास्थ्य सेवामा सरल तथा सहजपहुँच पु¥याउने उद्देश्यको साथ अभियान सुरु भएको अस्पतालकी कार्यकारी निर्देशक डा. विष्टले बताइन् । यो अभियान पूर्वी नेपालको ग्रमिण क्षेत्रसम्म पुग्ने बताइएको छ

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 565 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्घाटन खेलमा आयोजक विजयी

    धरान / आयोजक होराइजन क्लबले सातौ संस्करणको राष्ट्रिय होराइजन रनिङ कप बास्केटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । धरान १७ स्थित होराइजन बास्केटबल कोर्टमा आइतबार सम्पन्न खेलमा आयोजकले ज्याकवट क्लब झापालाई ४४ का बिरुद्ध ७२ स्कोरले पराजित गरेको हो । प्रतियोगितामा सर्वाधिक १९ स्कोर गरेका आयोजकका प्रबिन मगर म्यानअफ द म्याच भए । सोमबारको खेल विभागीय टिम नेपाल पुलिस क्लब र हलिल्याण्ड इन्टरनेशनल कलेज धरानबीच हुनेछ । फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ११ हजार र उपबिजेताले ५५ हजार पाउनेछ । प्रतियोगितामा दुई बिभागीय सहित ८ टिमको सहभागीता छ । २०६९ साल देखी सुरु भएको होराइजन

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 616 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश स्तरीय व्याडमिन्टनको उपाधि संखुवासभालाई

    इलाम /  कोशी प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टनको उपाधि सखुवासभाका खेलाडीले जितेका छन । इलाम नगरपालिका पाँच स्थित कवर्डहलमा सम्पन्न प्रतियोगितामा संखुुवासभाका खेलाडी प्रवीण लिङदेन र सृजन पोख्रेलले सोझो सेटमा भोजपुरका खेलाडी निश्चल खत्री र विशाल तामाङलाई हराउँदै उपाधि आफ्नो पोल्टामा पारेका हुन । लगातार २१–१८ र २१–१४ को सोझो सेटमा हराउँदै प्रतियोगिताको उपाधि हात पारेको हो । त्यस्तै झापा र पाँचथर तेस्रो भएको छ । झापाका चाडकीय पाठक, नवीन सिलवाल र पाँचथरका सत्यम सुब्बा, सुमन लिम्बु तेस्रो भएका हुन । त्यस्तै प्रदेश स्तरीय भेट्रानमा सुनसरीका भजनलाल चौधरी र श्रवण चौधरी प्रथम भएका

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 584 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोडलको नगरस्तरीय हाजिरीजवाफ सम्पन्न

    धरान / धरान मोडल कलेजले नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । धरान १ मा रहेको कलेजले धरान नगरभरिका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई समेट्ने गरी आयोजना गरिएको नगरस्तरीय प्रतियोगितामा १२ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । आइतबार भएको प्रतियोगितामा दुई चरण गरी प्रतियोगिताको आयोजना गरिएको थियो । प्रारम्भिक चरणमा १२ वटा विद्यालयलाई सहभागी गराइएको थियो । जसबाट दोस्रो चरणका लागि ६ वटा समूह छनौट गरिएको थियो । छनौटमा पर्नेहरुमा पब्लिक हाइ स्कुल, ज्ञानोदय मा.वि., चन्द्र संस्कृत मा.वि., अल्पाइन मा.वि., समिट मा.वि. र भालढुंगा मा.वि. रहेका थिए । प्रतियोगितामा एम्स विद्यालयको सम

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 751 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुखानी हत्या काण्डको सम्झना

    इलामहरेक वर्ष फागुन २१ गते ५० अघिको घटना ताजा गराइदिन्छ जुन कम्युनिष्ट आन्दोलन र झापा विद्रोहको शीर्ष स्थानमा रहेको सुखानी हत्याकाण्डले । यो पटक सुखानीमा इलाम र झापाका कम्युनिष्ट नेता कार्यकर्ता भेला भएर त्यही हत्या काण्डमा सहादत प्राप्त गरेका शहिदहरुको स्मरणमा उनीहरुको प्रतिमामा माल्र्यापरण गरे । २०२९ फागुन २१ मा कम्युनिष्ट आन्दोलनका क्रममा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानावारीस्थित सुखानीमा फागुन २१ मा हत्या गरिएको थियो । घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए । उनीहरुलाई हत्या गरिएकै स्थानम

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 513 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • गाउँ गाउँमा सडक विस्तार झोलुङ्गेपुल प्रयोगविहीन बन्दैै

    धरान / गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि पछिल्लो समय झोलुंगे पुल प्रयोगविहीन बनेका छन् । झोलेंगेको विकल्प अहिले सडक बनेपछि झोलुंगे पुलको प्रयोग हुन छाडेको हो ।खोला तथा नदी तर्नका लागि बनाइएका यस्ता झोलुंगे पुल विगतमा एक गाउँदेखि अर्को गाउँ जोड्ने भरपर्दो माध्यम थियो । गाउँमा उत्पादन भएका कृषि सामग्री झोलुंगेपुल हुँदै लिएर बजारसम्म जाने र बजारबाट नुन तेल किनेर बोकेर ल्याउने भरपर्दो माध्यम बनेको थियो । तर पछिल्लो समय यस्ता झोलुंगेपुलको प्रयोग हुन छाडेपछि मर्मत सम्मारसमेत हुन नसक्दा जीर्ण समेत बन्दै गएका छन् । धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ बाट तेह्रथुम जिल्ला जोड्ने तेलिया खोलाको कंशुवा पु

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 571 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओखलढुंगामा दुर्घटना दुईको मृत्यु १२ घाइते

    ओखलढुंंगा /  ओखलढुंगामा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।जिल्लाको चिसंखुगढी गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना आइतबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी २ जनाको घटना स्थलमा मृत्यु भएको छ भने १२ घाइतेको अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार बिहान पौने ८ बजे ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम आउँदै गरेको ना.१ ज ८४८३ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी चिसंखुगढी–३ का ५२ बर्षीय मिन बहादुर श्रेष्ठ र ७० बर्षीय भक्त बहादुर थापाको घटना स्थलमा न

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 557 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्यारुनले उचाल्यो बुढासुब्बा गोल्डकपको ट्रफी

    विजयपुर / २३ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधी क्यामरुनको एभिनियर फुटबल क्लबले जितेको छ । उपाधीसँगै एभिनियरले नगद १० लाख पुरस्कार जितेको छ । आज धरान रंगशालामा भएको फाइनल खेलमा झापाको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) लाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियर च्याम्पियन भएको हो । उपविजेता भएको केएफटिसीले नगद ५ लाख पुरस्कार जितेको छ । पहिलो पटक बुढासुब्बा गोल्डक खेलेको एभिनियरले उपाधी जित्दा तेस्रो पटकमा फाइनलमा पुगेको केएफटिसी उपविजेतामा सिमित बन्यो ।प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै केएफटिसीका मिलन राईले ए

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 603 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • क्रिकेट प्रतियोगिताको उपाधि सरस्वतीलाई

    मोरङ / नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ केसलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सम्पन्न भएको प्रथम विराटनगर अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । सरस्वतीले बिहीबार भएको फाइनल खेलमा सत्यनारायण स्कुललाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरको खेलमा २९ ओभरमा सवै विकेट गुमाई १ सय २० रनको स्कोर खडा गरेको थियो । जस्मा सोनु सिंहलेले ४२ रन बनाउँदा आकाश यादवले अविजित २४ रन, आनन्द सोनीले १६ रन र विकाश कामतले ११ रनको योगदान दिए । सरस्वतीका शिवनारायण यादवले ३ विकेट लिँ

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 601 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved