वराहक्षेत्र वडा नं. ९ मा कृषि सडक कालोपत्रे हुँदै

  • वैशाख ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आर्थिक वर्ष २०८०÷०८१ सालमा ३ वटा ग्रामीण कृषि सडक कालोपत्रेको अन्तिम चरणमा पुगेका छन् ।

स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजहरूलाई सहज रूपमा बजारीकरण र बिक्री वितरण गराउन सहजताका लागि ३ वटा ग्रामीण ग्रावेल सडक कृषि सडकको कालोपत्रेमा विकास हुनेछन् ।

वडा नं ९ का वडाध्यक्ष निरञ्जन चन्दवासी मण्डलका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार स्थानिय सरकारको बजेटबाट ग्रामीण कृषि सडकहरू कालोपत्रे बनेको हो ।

यसका लागि पूर्व मन्त्री समेत रहेका उक्त निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्की र नगर प्रमुख रमेश कार्कीको विशेष पहल रहेको उनले बताए ।

वडा नं.९ स्थित वनडाडा सगरमाथा चौकबाट कौवाटोलि हुँदै छविस पाइप निक्लने ६ सय ३३ मिनेट सडक कालोपत्रे भएको वडा सदस्य चतुरलाल चौधरीले जानकारी दिए ।

ग्रामीण कृषि मार्ग नाम दिएको उक्त योजनका लागि सङ्घीय सरकारबाट १ करोड रकम सङ्घीय सरकारले विनियोजित गरेको थियो ।

त्यस्तै प्रदेश सरकार र स्थानीयको संयुक्त लागतबाट वडा ९ कै अर्को ग्रामीण कृषि सडक छविस पाइपदेखि सिकारी थान जोड्ने बाटो २ सय ८० मिटर र सिकारी थान देखि राजा बास जोड्ने २ सय ८० मिटर सडक कालोपत्रेका लागि ४०÷४० लाख बजेट विनियोजन भएको छ ।

उक्त ३ वटा ग्रामीण कृषि सडक कालोपत्रे निर्माण भएसँगै स्थानीय कृषकहरूलाई धेरै सहज हुने नगर प्रमुख रमेश कार्कीले बताए ।

कृषि मार्गको रूपमा कालोपत्रे सडकका लागि प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पहल गर्नु भएको नगर प्रमुख कार्कीको भनाइ रहेको छ ।

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved