सिंहदेवी गोल्डकपमा विजेता खेलाडीलाई सम्मान,पानबारी गोल्डकपको तयारी तीव्र

  • वैशाख १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्डकपमा विजेता खेलाडीलाई आज एक कार्यक्रम वीच सम्मान गरिएको छ ।

पानबारी फुटवल क्लवले आज धरान ६ स्थित आफ्नै क्लवको भवनमा एक कार्यक्रमवीच सम्मान गरेको हो ।

क्लवका अध्यक्ष भुपाल (कृष्ण कुमार ) राई सहित पदाधिकारी र सल्लाहकारहरुले खेलाडी प्रोत्साहनका लागि नगद सहित खादा ओढाएर सम्मान गरेको छ ।

धनकुटामा सम्पन्न भएको गोल्ड कपमा क्लव र खेलप्रति खेलाडीले देखाएको योगदानलाई सम्मान गर्दै खेलाडीको प्रोत्साहनको लागि सम्मान गरिएको क्लबका अध्यक्ष राईले वताउनु भएको छ ।

खेलाडीलाई सम्मान गर्दै आउने दिनमा समेत खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेर विजेता हुन उपस्थित पदाधिकारीले वधाई तथा शुभकामना दिएका थिए ।

एकसाता अघि भएको फाइनल खेलमा पानबारी फुटवल क्लबले फाक्सीप क्लब धनकुटालाई हराउँदै उपाधी जित्न सफल भएर उक्त खेलमा क्लबले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ,सिल्ड,र प्रमाण पत्र जित्न सफल वनेको छ ।

पानवारी फुटवल क्लव २०८० साल दर्ता भई खेल जगतको फुटबलमा खेलाडी उत्पादन र क्षमता विकासको लागि क्रियासशी रहेको छ ।

क्लवको आयोजनामा यही वैशाख २२ गतेदेखि प्रथम पानबारी गोल्डकपको पनि आयोजना गर्दैछ ।

गोल्डकप सम्पन्न गर्नको लागि तयारी तीव्र भईरहेको अध्यक्ष राईले वताउनु भएको छ ।

 

व्यापारीको हत्या: चो ...

विराटनगर/ विराटनगरमा ४० वर्षदेखि व्यापार गर्दै आएक ...

धरानको फोहोरमा फेरि ...

धरान/ व्यवस्थित डम्पिङ साइटको अभावमा धरान उपमहानगर ...

भारतबाट नेपाल आउँदै ...

धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ब्राउन सुगर ...

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved