समाचार

    Showing 3,311-3,320 of 8,495 items.
  • बलात्कारी १० वर्षपछि पक्राउ

    दुहवी/ईलाका प्रहरी कार्यालय दुहबीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई १० बर्ष पछी पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीको २०६९÷०१÷३१ गतेको फैसला आदेशले १० बर्ष कैद सजाय फैसला भएका साबिक औरावनी गाउ बिकास समिति हालको गढी गाऊँपालिका–२ का ३५ बर्षीय बिटोसन भनिने बिमल कुमार चौधरीलाई चैत्र २० गते गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको कैद सजाय भुक्तानको लागी झुम्का कारगार पठाएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 410 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिल्स क्रिकेट प्रतियोगिता

    मोरङ / दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर र नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भएको छ । पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भएको हो । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबारको पहिलो खेलमा दिल्लीले दिएको १३१ रनको विजय लक्ष्य पछ्याएको घरेलु टिम मिल्सले ११ ओभर २ बलमा ५ विकेट गुमाई पूरा गर्यो । मिल्सका पवन सरापले २६ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । सुनिल धमालले ३३ रन बनाए । सुनिल महर्जनले १९ रनको योगदान गरे ।दिल्लीका अंकित रोय, रोहित त्रिपाटीले समान २–२ विकेट ल

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 645 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाका कृषक टर्नेल खेतितर्फ आकर्षित

    धनकुटा / पछिल्लो समय टर्नेल खेति कृषकका लागि आम्दानीको दह्रो स्रोत बनेको छ । कृषकहरु टर्नेल खेतितर्फ आकर्षित भएपछि कृषि सम्बन्धी विभिन्न निकाय र स्थानीय तहहरुले कृषकहरुलाई सहयोग पु¥याउँदै आएका छन् । सहयोग नपाउनेहरुले पनि आफ्नै लगानीमा धमाधम टर्नेल खेति गर्न थालेका छन् । धनकुटामा पछिल्लो समय कृषहरु टर्नेल खेतितर्फ आकर्षित हुन थालेका छन् । विभिन्न संघ संस्था, कृषिसँग सम्बन्धित कार्यालयहरुले टर्नेल वितरण गरेर टर्नेलमा खेति गर्न सिकाएसँगै कृषकहरुको टर्नेल खेतितर्फ आकर्षण बढेको हो । थोरै ठाउँमा थोरै मेहनत गर्दा बढी आम्दानी हुने भएकोले कृषकहरु टर्नेल खेतितर्फ आकर्षित बनेका हुन् । यो टर्नेल

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 539 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिक्लाजुङको सामुदायिक विद्यालय सुधार अभियान

    धरान / पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानलाई अगाडि बढाउँदै केन्द्रसँग नबाझिने ढंंगबाट आफ्नै शिक्षा नियमावली बनाएर जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएको छ ।गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि नयाँ शिक्षा ऐन जारी गर्दै यस्तो बाध्यत्मककारी नियम लागु गरेको हो । गाउँपालाले पालिकाले तयार गरेको शिक्षा ऐन २०७९ को दफा ९२२० मा यो व्यवस्था गरिएको छ । नियम लागु गर्न गाउँपालिकाले सार्वजनिक सूचनामार्फत जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भ

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 418 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन महिनादेखि सामुदायिक शिक्षकहरुले तलब पाएनन् : निकासाकाे माग गर्दै पुगे नगरपालिका

    धरान/तीनमहिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरुले स्थानीय सरकार धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।धरानका सामुदायिक विद्यालयमा कार्यरत पेशागत संघसंगठनमा आवद्ध तीन संगठनले धरान उपमहानगरपालिकाको शिक्षा शाखामार्फत् नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।मंगलबार पेशागत संघ संगठनसँग आवद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत नेपाल शिक्षक संगठनका धरान नगर कमिटीहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । नेपाल शिक्षक संघका तर्फबाट अध्यक्ष आशबहादुर राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्ष बुद्धसागर सुवेदी र एकीकृत नेपाल शिक्षक संगठनबाट बरि

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 588 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • परालमा आगलागी : ४० हजार भन्दा बढी क्षति

     धरान/धरान १४ विजयपुरको एक घरमा राखेको परालमा आगलागी भएको छ । धरान १४ विजयपुरस्थित नयाँ टोलमा रहेको लक्ष्मी श्रेष्ठ र गोपी तिम्सिनाले राखेको परालको थुप्रोमा आगलागी हुँदा ४० हजार बराबरको क्षति भएको धरान उपमहानगरपालका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।   यता परालधनीहरुले भने आगलागीको कारण खुल्न नसके पनि केटाकेटीले सलाइ वा लाइटर खेलाउने क्रममा आगो लगाएको हुनसक्ने अनुमान गरेका छन् । पराल धनी विजय तिम्सिनाले आगो चाडो नियन्त्रण नभएको भए घरमा समेत ठूलो क्षति पुग्ने अवस्था रहेको बताए । उनले धरान उपमहानगरपालिकाको दुई वटा दमकलले आगो नियन्त्रणमा लिएको बताए । लामो समयेखि पश

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 468 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा बजारका नाङ्गो तार व्यपस्थापन गदै

    धनकुटा /धनकुटा बजार क्षेत्रमा रहेको विद्युतको नाङ्गो तार हटाउन सुरु  गरिएको छ । विद्युत लाइन विस्तारका गर्नक्रमा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको छ ।  नाङ्गो तारका कारण बजार क्षेत्रमा जोखिम हुने सम्भावना भएकाले मंगलबार देखि पहलिो चरणको काम सुरु गरिएको विधुत प्राधिकरण धनकुटाका प्रखमु प्रलाद पोखरेले बताएका छन । मदनचोकदेखि परिचयमोड सम्मको तार फेर्ने काम भइरहेको छ । पोखरेललेका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा तारहरु राखिएर बाहिरी कभर लगाउको हुने भएकाल छुँदा करेन्ट नलागने भएपनि तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 475 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टेक्नोलोजीको चयाम्पियन TVS ल्यायो नयाँ बर्षमा आकर्षक अफरहरु

    धरान : नेपाली टु विलर मार्केटको टेक्नोलोजी चयाम्पियनस्का रुपमा स्थापित TVS ले नयाँ बर्षमा आकर्षक अफरहरु लिएर आएको छ । गुणस्तर र टेक्नोलोजी फ्रेन्डली मोटरसाइल उत्पादनमा सधैँ अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय आफना बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ । स्मार्ट कनेक्ट , रेस ट्युन्ड फ्युल इन्जेक्सन , भिभिन्‍न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्‍न सफल त्ख्क्, बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो । यस नयाँ बर्षको अवसरमा TVS ले आफ्ना ह

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 501 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पार्किङको प्रभावकारी कार्यान्वयन गरिने

    मोरङ / विराटनगर महानगरपालिकाले लागु गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रुपमा रुपमा रुपमा कार्यान्वयन  गर्ने भएको छ । महानगरपालिकामा सोमबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याएका सबै सडकलाई पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमनलाई सुक्ष्म रुपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नेलगायतका निर्णय गरेको छ । प्रदेश

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 379 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ६६ औं राष्ट्रिय सहकारी दिवस

    धरान / केही सहकारी संस्थाका कारणले पछिल्लो समय सहकारी संस्था बद्नाम हुँदै गएको ६६ औं सहकारी दिवसका अवसरमा बोल्ने वक्ताहरुले बताएका छन् । धरान १५ स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित कार्यक्रममा सहभागीहरुले सहकारी खोलेर रातारात धनी हुने, निक्षेपकर्ताको रकम समयमै फिर्ता नदिने लगायतका कारणरले सहकारी संस्था बद्नाम भएको बताउदै अब यसलाई चिर्न आवश्यक भएको बताएका थिए । उनीहरुले पछिल्लो समयमा सहकारी सस्था धरासय बन्दै गएको बताउदै थोरै सहकारी संस्थाका कारण बचतकर्ताहरु त्रसित हुँदै गएको बताएका थिए । उनीहरुले निक्षेपकर्ताहरुको रकम समयमै फिर्ता नगरेसम्म पुन विश्वास जमाउन नसक्ने बताउँदै यसमा जिम्मेवा

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 755 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved