धरान । धरान ११ कल्याणचौकमा रहेको भिक्टोरी रेसिडेन्सियल स्कुलले बार्षिकोत्सवको अवसर पारेर प्रोत्साहन स्वरुप विभिन्न विधामा उत्कृष्ट पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।स्कुलले बुधबार ३४ औं बार्षिकोत्सवको अवसर पारेर जुनियर र सिनियर कक्षाका कक्षामा टप ल्याउने विद्यार्थी, आउट स्टेन्डिङ, हेड राइटिङ, सफा सुग्घरमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साह स्वरुप पुरस्कृत गरेको हो । धरान उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष लोकेन्द्र फागोको प्रमुख आतिथ्यमा सम्पन्न ३४ औं बार्षिकोत्सवको अवसरमा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको स्कुलका अध्यक्ष विनोदकुमार राईले बताए । उ
धरान । साना व्यवसायीहरुलाई राज्यबाट हेर्ने दृष्टिकोणमा फरक रहेको व्यवसायीहरुले बताएका छन् । नेपाल साना उद्योग व्यवसायी संघ प्रधान कार्यालय धरानको २२ औ साधारणसभा तथा १० औ अधिवेशन कार्यक्रमका अवसरमा व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् । धरान २० माछामारामा रहेका गोर्खा स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष झलकमान श्रेष्ठले साना व्यवसायिक अहिले पीडामा रहेको बताएका छन् । उनले कोरोना सक्रमणको असर अहिलेसम्म रहेको बताए । उनले भने–‘कोरोना संक्रमणको असर अहिलेसम्म छँदैछ, फेरि आर्थिक संक्रमण भएको छ, साना व्यवसायीहरुको रोजीरोटी गुम्ने अवस्थामा छ, सरकारले यस्ता व्यवसायीका लाग
विजयपुर । धरान उपमहानगरपालिकाभित्र सैयौ मठमन्दिर रहेका छन् । यसमध्ये पनि सबैभन्दा बढी मठमन्दिर धरान १४ विजयपुरमा रहेका छन् । यसबाहेक अन्य वडामा समेत पुराना ऐतिहासिक मठ मन्दिरहरु छन् । तर ती मन्दिरको संरक्षण हुन नसक्दा दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् । यसको प्रत्यक्ष उदाहरण बनेको धरान उपमाहानगरपालिका वडा नम्बर ५ निशान डाँडामा रहेको निसानदेवी माताको मन्दिर । यो मन्दिर संरक्षणको अभावमा दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । अहिले यो मन्दिरको भित्ता उप्किएको अवस्थामा रहेको छ भने टिनका छाना चुहिने अवस्थामा पुगेका छन् भने पर्खाल समेत भत्किन थालेको छ । स्थानीय चन्द्रमान श्रेष्ठका अनुसार यो २०५५ सालमा स्थ
धरान /विश्वकर्मा कल्याण सेवा समिति धरानको अध्यक्षमा खड्गबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । सोमबार धरानमा सम्पन्न ११ औँ अधिवेशनमा भएको निर्वाचनमा जुद्धबहादुर लोहनीलाई १२ मतले पराजित गर्दै विश्वकर्मा निर्वाचित भएका हुन् । कुल खसेको ८६ मतमा विश्वकर्माले ४९ मत प्राप्त गरे भने लोहनीले ३७ मत प्राप्त गरेका थिए । यस्तै समितिको महासचिवमा घमानसिंह विश्वकर्मा निर्वाचित भए । उनी हिरालाल बराइली र बलिन्द्र बराइलीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । कुल ८४ मतमा विश्वकर्माको ३९ मत, हिराललले २६ मत र बलिन्द्रले १९ मत प्राप्त गरेका छन् । समितिको अन्य पदाधिकारीमा भने सर्वसहमत चयन भएका छन् । समितिकोे उपाध
विराटनगर / विराटनगर–८ स्थित समृद्धि नेपालको आयोजनामा घरेलु जुत्ता–चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ ।विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो । स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जुत्ता–चप्पल बनाउने तालिम सञ्चालन गरिएको समृद्धि नेपालकी अध्यक्ष माया ओझाले बताउनुभयो । तालिममा सहभागीहरुलाई विराटनगर वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, महानगरकी सामुदायिक शाखाकी प्रमुख अनिता कोइराला, महानगरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, गैरसरकारी संस्था मोरङका अध्यक्ष विष्णु शर्मा, समाजसेवी गणेशप्रसाद पोखरेल, आयोजक संस्थाका सल्लाहका
विराटनगर / विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो । लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश बनाउँदै आर्मी विजयी भएको हो । विराटनगर जुटमिलको खेल मैदानमा जारी प्रतियोगितामा १५६ रनको विजय लक्ष्य पछ्याएको आर्मीले १५ दशमलव १ बलमा ३ विकेट गुमाई पुरा गर्यो । आर्मीका बसीरले बिस्फोट ब्याटिङ गर्दै टिमको जितको आधार तय गरेको छ । उने ३३ बलमा ४४ रन बनाउँदै अविजित रहे । उनले ६ चौ
मोरङ / विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्कभित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो । झापाको हल्दीबारी गाउँपालिका –१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको मस्तिष्कको पछाडी भागमा रहेको पाईका एन्युरीज्म क्लिपिङको सफल शल्यक्रिया भएको अस्पतालका डाइरेक्टर दिनेश ठाकुरलले जानकारी दिए । तीन हप्ता अगाडी टाउँको दुखेर पिडा भएपछि कटुवाल झापाको मेची र पाथीभारा हस्पिटल गएकी थिइन् । सो हस्पिटलमा उपचार
मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानूनका विद्यार्थीहरु सामााजिक इन्जिनियर (सोसियल इन्जिनियर) भएकाले उनीहरुले समाजलाई अपाङ्ग हुनबाट बचाउनुपर्ने बताएका छन् । मङ्गलबार विराटनगरस्थित ब्राइट भिजन ल कलेजको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । उनले मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र मेरो मात्र पहिचान सबै कुरा हो भन्दै र अरुको कुरालाई स्वीकार गर्दिन भन्न थाल्यौ भने हामी अपाङ्ग भएर अगाडि बढ्न नसक्ने दृष्टान्त प्रस्तुत गर्दै सोसियल इन्जिनियरका रुपमा रहेका कानुनका विद्यार्थीहरुले यो कुरा समाजलाई राम्रोसँग बुझाउनु पर्ने बताए । मुख्यमन्त्री कार्कीले
तेह्रथुम / पछिल्ला बर्षहरुमा नेपालमा बोलिने केही भाषाहरु लोप हुने अवस्थामा पुगेका छन् । विदेशी भाषाको दबदबा र मातृ भाषाको उपेक्षाका कारण कतिपय भाषा लोप हुने अवस्थामा पुगेका छन् । आफ्नो भाषा नै लोप हुने अवस्थामा पुगेपछि तेह्रथुम जिल्लाको आठराई गाउँपालकामा लिम्बु समुदायले मातृ भाषा तथा लिपी सिक्न थालेका छन् । मातृ भाषाको अस्तित्व बँचाउनुपर्ने भन्दै यहाँका लिम्बु समुदायहरु आफ्नो मातृ भाषा तथा लिपी सिक्न थालेका हुन् । घरमा बोलिने भाषा पहिलो भाषा भएपनि अन्य भाषाको प्रभावले ओझेलमा परेको श्रीजंगा लिपीको संरक्षण गर्नकै लागि आठराई गाउँपालिकामा आधारभूत लिम्बु भाषा प्रशिक्षण तालिम सञ्चालन भएको छ । आठर
इलाम / इलाम कारागारमा खानेपानी चरम अभावभ भएको छ । खानेपानी अभावका कारण काराबारभित्र खाना बनाउन र शौचालयमा प्रयोग गर्न समस्या भएको छ । नगरपालिकाले वितरण गरेको खानेपानी नआउँदा कारागारमा समस्या भएको हो । दिनमा दुई पटक पानी आउँदा उनीहरुलाई समस्या भएको हो ।कारागारमा २७ गतेदेखि पानी नआएको कैदी बन्दी बताउँछन्।नगरपालिकाले २४ घण्टै पानी वितरण गर्ने गरीे आयोजना सञ्चालनमा ल्याए पनि कारागारभित्र पानी नै नआउने गरेको छ। जिल्ला कारागार इलामका जेलर सुमित मगरले २७ गते बेलुकाबाट पानी नआएर समस्या आएको बताए । उनले कार्यालयले ट्याङ्करमा पुवा खोला र धोवीधाराबाट ल्याएर समस्या समाधान गरेको बताए । उनले&nb