धरान/ रानी किमाथाङ्का जोड्ने राष्ट्रिय योजना अन्तर्गतको धरान इटहरी सडक खण्डको सेउती पुल देखि पानीपिया सम्मको सडक निर्माणमा ढिलाई हुँदा सवारी दुर्घटना बढ्दै गए पछि धरानका सरोकारवालाहरुले दबाबमुलक अभियान शुरु गरेका छन् । सडकको निर्माण कार्यको अन्तिम चरणमा पुगेको अवश्थामा सेउती पुल देखि पानीपिया सम्म निर्माण कार्य अलपत्र परेको सडक २०८० असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने गरि ठेक्का लगाएको थियो । निर्माण कार्य अलपत्र पारेर छाड्नाले सवारीको सहज आवागमनमा बाधा पुगेको छ । सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । विशेषगरी साना सवारी साधन मोटरसाइकल, अटो तथा कारहरु
धरान/ सुजुकी मोटरसाईकल तथा स्कुटर खरिदमा ग्राहक वर्गलाई लक्षित गरेर दशैं तिहार तथा छठको अवसरमा चाडपर्व अफर ल्याएको छ । नेपालको लागि आधिकारीक आयात कर्ता तथा बिक्रेता भि.जि. अटो मोबाईल्स प्रा.लि.ले ग्राहकहरुका लागि दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँडौ खुशी चढौं सुजुकी’ स्किम बजारमा ल्याएको हो । धरानको लागि सुजुकीको आधिकारिक विक्रेता नव दुर्गा अटो प्यालेस धरान ८ ले ग्राहक वर्गको लागि स्किम सहित मोटरसाइकल तथा स्कुटर विक्रि वितरण गर्ने प्यालेसका संचालक दुर्गा भुजेलले वताए । यो स्किम दशै, तिहार र छठ पर्व सम्म रहने भएको छ । यो सुविधा देशैभर नै सुजुकीले दिने
मोरङ/ कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले गुनासो व्यवस्थापनको लागि क्युआर कोडको प्रयोग सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा गत मंगलबार एक कार्यक्रमको आयोजना गरि प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कोशी प्रदेश प्रहरीको क्युआर कोडको प्रयोग सम्वन्धि कार्यविधि २०८० सार्वजनिक गरेका हुन् । कार्यक्रममा कुँवरले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिबृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताए । उजुरी पेटीकाको डिजिटल संस्करणको रुपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्युआर
इटहरी/. नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीले संगठन सुदृढीकरण र विस्तारका लागि तीन महिने कार्यथलो अभियानको शुभारम्भ गरेको छ । मंगलबार इटहरीमा प्रदेश भरीका अगुवा नेता कार्यकर्ताहरुको भेला मार्फत कार्यक्रमको शुभारम्भ गरेको हो । प्रदेशभरीका ४३ वटा कमिटीबाट अध्यक्ष सचिवहरुको उपस्थितिमा भएको भेलाले आगामी मंसिर ३० गते सम्मका लागि कार्यक्रमको तय गरेको छ । कोशी प्रदेशका १४ वटै जिल्ला र पालिकाहरुमा संगठनका केन्द्रीय नेताहरु केन्द्रीय प्रतिनिधि र प्रदेशका नेताहरु प्रदेश अभियन्ताका रुपमा मजदुरले काम गर्ने स्थानमै पुगेर संगठनको सदस्यता विस्तार, नविकरण, कार्यथलोका समस्याहरुको संकल
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पतालको रुपमा चिनिन्छ । यहाँ नेपालका विभिन्न स्थान तथा भारतबाट समेत उपचारका लागि आउने गर्छन् । तर अस्पताल जस्तो संवेदनशील क्षेत्रमा दिनहुँ हुने ट्राफिक जामले विरामीहरु मारमा पर्ने गरेका छन् । असहज अवस्था भएको प्रतिष्ठानको बाटो खाली गर्ने काम शुरु गरिएको छ ।अस्पतालमा सवारी आवागमन सहज रुपमा हुनुपर्छ । अस्पतालमा साधारण विरामीदेखि सिकिस्त विरामीहरु उपचारका लागि आउने गर्छन् । अस्पतालसम्म पुग्ने बाटो जाम हुदा विरामी बोकेको एम्बुलेन्स तथा सवारी साधन समयमै पुग्दैन र विरामीको ज्यान समेत जोखिममा पर्ने गर्छ । यसैलाई मध्यनज
झापा/ पुर्वपश्चिम रेलमार्ग प्रभावितको समस्या समाधान तत्काल पहल थाल्ने सभामुख देवराज घिमिरेले प्रतिबद्धता जनाएका छन् । पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल थाल्ने प्रतिबद्धता जनाएका हुन् । उनले बुधबार बिर्तामोडमा रहेको सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित तथा मुआब्जा समन्वय समितिको ज्ञापनपत्र पनि उनले बुझेका छन् । सभामुख घिमिरेले रेलमार्ग प्रभावितका माग जायज रहेको बताउँदै काठमाडौँ फर्किएपछि प्रभावित क्षेत्रका सांसदहरुसँग छलफल गर्नुका साथै प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराउने उनले बताए । समितिका कोशी
धरान/ विना सुचना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवसीय चिकित्सकहरु आन्दोलित भएपछि प्रतिष्ठानमा उपचारको लागि आउने विरामीले सास्ती पाएका छन् । चिकित्सकहरुले इमर्जेन्सी सेवा नै वहिस्कार गरि शान्ति सुरक्षाको प्रत्याभुति सरकारले नगरे सम्म काम नगर्ने घोषणा सहित विना सुचना एक्कासी चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि विरामीले सास्ती भोग्नु परेको हो । गत सोमबार पोखराको मणिपाल अस्पतालमा जुनियर माथि सांघातिक हमला भए पछि देशैभरका चिकित्सकहरु आन्दोलित भएका हुन् । चिकित्सक माथि बारम्बार आक्रमण भएको घट्नाप्रति सम्बन्धित पक्ष गम्भीर नभएको भन्दै देशैभरका आवसीय चिकित्सकहरु आन्दोलित भए
मोरङ/ विराटनगर महानगरपालिका–१८ लाभाघाटमा गाँजा बोकेको एम्वुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को १ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागूऔषध गाँजा र नेपाली रुपैँया ४० हजार बरामद गरेको हो । लागूऔषध गाँजा बरामदभए सगैं राजन अधिकारी फाउण्डेसन धरानद्धारा सञ्चालित उक्त नम्वरको एम्वुलेन्स र चालक धरान–११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको बीआर ३८ एएफओ ३३६ नम्वरको मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुध
झापा/ सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए । कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो । झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधन’दयगत जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो । १९ दिनभित्र सम्पूर्ण
भोजपुर/ केन्द्रीय प्रसारण लाइन विद्युत् विस्तार भएपछि भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमैयुङ गाउँपालिकाका स्थानीयलाई सहजता थपिएको छ । विद्युतले स्थानीयको जीवनयापन सहजता भएको हो ।विगतका वर्षहरूमा सोलार टुकी बत्तीको उज्यालोमा रात कटाउँदै आएका स्थानीयले विद्युतबाट चल्ने उद्योग तथा विभिन्न यन्त्र, उपकरण चलाएर लाभ लिँदै आएका छन् । उनीहरूले अहिले टोलटोलमा कुटानी पिसानीको लागि विद्युतीय मिल राखेका छन् ।विद्युत् विस्तार भएपछि मझौले चोलन्ती गाउँमा मात्र पाँचवटा विद्युतीय मिल रहेको टेम्केमैयुङ–५ मझौलेका स्थानीय हर्कराज लुइँटेलले जानकारी दिए । विद्युत् विस्तारसँगै स–साना