१९ औ ललित अम्वर डिपो कपको तयारी पुरा  

  • पुस १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरानमा निरन्तर हरेक बर्ष हुँदै आएको ललितअम्वर  डिपो कपको तयारी पुरा भएको आयोजक डिपो स्कुलले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

१९ औ  ललित-अम्वर डिपो कप पुस १२ गते देखि सुरु हुने भएको छ ।

कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् ।

पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनिहरुमा भएको प्रतिभालाइ प्रोत्साहन गर्नलाई प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्वरवहादुर लिम्वुले जानकारी गराए ।प्रतियोगिताको आयोजनाले विद्यालयहरुमा आपसि भाइचारा समेत वढ्ने अध्यक्ष लिम्वुले जनाए ।

dipo_20241225_0001

-सहभागि टिम

अम्वर ललित कप २०६१ साल देखि सुरु भएको डिपो क्याम्पस प्रमूख राजकुमार राईले जानकारी गराए ।

दिलकुमार प्लेट च्याम्पियन ललित-अम्वर  डिपो कपको पहिलो चरणमा पराजित टिमहरु विच दिलकुमार प्लेट च्याम्पियन कप हुनेछ ।

पहिलो चरणमा पराजित ८ टिमले प्लेट च्याम्पियनका लागि भिड्नेछ ।प्लेट च्याम्पियनका विजेतले नगद ३ हजार १ सय ११ रुपैया र उपविजेताले २ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

डिपो कपको पहिलो चरणका खेलहरु सकिएपछि प्लेट च्याम्पियनका खेलहरु सुरु हुनेछ । प्रतियोगिताका सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा हुनेछ ।

di

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved