धरान/ सुनसरी, धनकुटा र उदयपुरका युवाहरूले जिल्लाका समसामयिक समस्या समाधान तथा नागरिक सुरक्षालाई प्रभावकारी बनाउन माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्। युवाहरूको टोलीले गृह मन्त्रालयमा पुगेर स्थानीयस्तरमा देखिएका सामाजिक, सुरक्षा तथा जनस्वास्थ्यसँग सम्बन्धित समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो। युवाहरूले लागूऔषध दुरुपयोग नियन्त्रण तथा पुनर्स्थापना सेवा विस्तार, गाँजा खेती नियन्त्रणसँगै वैकल्पिक तथा व्यावसायिक कृषि प्रवर्द्धन, सडक दुर्घटना न्यूनीकरणका लागि आधुनिक CCTV निगरानी, आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य सेवा विस्तार, लागू
सुनसरी/ भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उनको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् । मण्डलले भने, ‘जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।’ यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भएकाले आम्दानी पनि राम्रो हुन थ
धरान/ ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा श्रम संस्कृति पार्टीका श्रमदाता सोमप्रसाद राई पक्राउ परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानबाट चेकिङमा खटिएका प्रहरी सहायक हवल्दार सुवास विकमाथि हातपात गरेको सूचना पाएपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार २०८३ साउन ३० गते साँझ करिब ५ः४० बजे धरान उपमहानगरपालिका–२ माछाभौडी क्षेत्रमा चेकिङका क्रममा घटना भएको थियो। धरान–११ बस्ने ३८ वर्षीय राईले ड्युटीमा खटिएका ट्राफिक प्रहरी विकमाथि हातपात गरेको प्रहरीले बताएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी
बराहक्षेत्र/बराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित दुर्वासा वैकुण्ड मोक्ष घाटमा शव दाहा स्थल निर्माण गरिएको छ । नगरपालिकाले दुर्वासा घाट वैकुण्ड मोक्ष व्यवस्थान गर्ने योजना अनुसार मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिसंगको सहकार्यमा उक्त दुर्वासा वैकुण्ड मोक्ष घाट क्षेत्रमा ६ बटा शव दाहा स्थल , बिश्राम स्थल , सौचालय , खानेपानी लगायका संरचनाहरु निर्माण भएका छन् । नगरपालिकाको कार्यालय , मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिको सहकार्यमा उक्त संरचनाहरु निर्माण गरिएको हो । धार्मिक तथा पौराणिक महत्वको उक्त दुर्वासा घाट क्षेत्रमा संरचना व्यवस्थ
धरान/ युएन कलेज धरानमा सञ्चालित ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) प्रथम सेमेस्टरको भर्ना खुलेको एकै दिनमा सबै सिट भरिएपछि भर्ना प्रक्रिया बन्द गरिएको छ। कलेजले आइतबार नयाँ विद्यार्थी छनोटका लागि अन्तर्वार्ता तथा समूहगत छलफल सम्पन्न गरेको थियो। छनोटमा सहभागी विद्यार्थीका लागि सोमबार बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म भर्ना खुला गरिएको थियो। तर, विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिताका कारण निर्धारित सिट एकै दिनमै भरिएको कलेजले जनाएको छ। पूर्वाञ्चल क्षेत्रमा होटल व्यवस्थापन शिक्षाको अग्रणी संस्थाका रूपमा स्थापित युएन कलेजले स्थापनादेखि नै गुणस्तरीय, व्यावहारिक र रोजगारमुखी शिक्षा प्रदान ग
धरान/ धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाअन्तर्गत धरान स्वास्थ्य चौकीमा कार्यरत ल्याब टेक्निसियन लुना अधिकारीको असामयिक निधन भएपछि धरान उपमहानगरपालिकाले सोमबार (आज)एक दिन शोक बिदा दिने निर्णय गरेको छ। अधिकारीको सोमबार असामयिक निधन भएको खबरले धरान उपमहानगरपालिका परिवारलाई स्तब्ध बनाएको जनाउँदै नगरपालिकाले दिवंगत आत्माप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। कार्यवाहक नगरप्रमुखस्तरीय निर्णयअनुसार सोमबार धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, अत्यावश्यक सेवा बाहेकका मातहतका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थामा शोक बिदा दिइएको हो। नगरपालिकाका अनु
झापा/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन् । इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली झापा आएका हुन् । उनी चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन् । ओली आज इलाममै बस्ने कार्यक्रम रहेको नेकपा (एमाले) झापाका सचिव तुलसी कार्कीले जानकारी दिए । उनका अनुसार ओली भोलि बिर्तामोडमा आयोजना हुने एमाले झापाको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । एमाले झापाले पार्टी संगठनलाई थप सक्रिय बनाउने तथा कार्यकर्तामाझ जागरण र अभियान सञ्चालन गर्ने उद्देश्यल
वराहक्षेत्र/ आज श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि प्रेमको प्रतीक समेत मानिने वराह भगवान् वराह जयन्ती (वराह भगवानको प्राकट्य उत्सव) को अवसरमा वराह भगवान् विराजमान हुनुभएको स्थान सुनसरीको वराहक्षेत्र धाममा विशेष पूजा अर्चना गरी मनाईएको छ । श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथिका दिनलाई भगवान् वराहको जन्मोत्सव अर्थात् प्राकट्य उत्सवको रूपमा मनाउने परम्परा रहेको छ । शनिवार बिहानबाट वराह जयन्तीको अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित मन्दिरमा विशेष पुर्जा आराधना, दिन मङल यात्रा उत्सव, प्रातः कालिन भगवानको स्नान यात्रा,दुग्ध अविशेक पछि विशेष पूजा अर्चनासंगैमन्दिरमा गीता पा
धरान/ धरान–१६ स्थित सियोन स्कुलमा कक्षा–१० का विद्यार्थीहरूले वास्तविक संसदको झल्को दिने गरी ‘नमुना प्रतिनिधि सभा’ सञ्चालन गरेका छन्। विद्यार्थी सांसदहरूले सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोगसम्बन्धी विधेयकमाथि बहस गर्दै ‘सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग विधेयक–२०८३’ बहुमतले पारित गरेका छन्। शुक्रबार विद्यालयको सभाहलमा बसेको नमुना प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल गरिएको थियो। विद्यार्थी सांसदहरूले विधेयकका विभिन्न प्रावधानमाथि पक्ष–विपक्षमा आफ्ना धारणा राख्दै तर्क प्रस्तुत गरेका थिए। सभामु
धरान/सुनसरीको धरानमा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। धरान उपमहानगरपालिका–८ स्थित आकाश चोकमा शुक्रबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको पीआईटी र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान–८ का २८ वर्षीय मनोज पाण्डे र धरान–१५ का २२ वर्षीय पवन सापकोटा रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामोल ८७० क्याप्सुल र स्पास्पेन ८६५ ट्याब्लेट गरी जम्मा १ हजार ७ सय ३५ थान लागूऔषध बरामद भएको छ। लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इ