धरान उपमहानगरपालिकामा सोमबार शोक बिदा

  • भदौ १, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाअन्तर्गत धरान स्वास्थ्य चौकीमा कार्यरत ल्याब टेक्निसियन लुना अधिकारीको असामयिक निधन भएपछि धरान उपमहानगरपालिकाले सोमबार (आज)एक दिन शोक बिदा दिने निर्णय गरेको छ।

अधिकारीको सोमबार असामयिक निधन भएको खबरले धरान उपमहानगरपालिका परिवारलाई स्तब्ध बनाएको जनाउँदै नगरपालिकाले दिवंगत आत्माप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

कार्यवाहक नगरप्रमुखस्तरीय निर्णयअनुसार सोमबार धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, अत्यावश्यक सेवा बाहेकका मातहतका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थामा शोक बिदा दिइएको हो।

नगरपालिकाका अनुसार अधिकारीले २०७५ सालदेखि सेवा प्रवेश गरी हालसम्म धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाअन्तर्गत धरान स्वास्थ्य चौकीमा ल्याब टेक्निसियनका रूपमा कार्यरत रहेकी थिइन्।

नगरपालिकाले शोकको यस घडीमा दिवंगत अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

नेकपा एमाले का अध्य ...

झापा/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगे ...

प्रेमको प्रतीक समेत ...

वराहक्षेत्र/  आज श्रावण महिनाको शुक्ल पक्षको ...

विद्यार्थी सांसदले प ...

धरान/ धरान–१६ स्थित सियोन स्कुलमा कक्षा–१० ...

धरानमा १ हजार ७ सय ३ ...

धरान/सुनसरीको धरानमा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved