धरान/ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूलाई उद्घोषण तथा वक्तृत्वकला तालिम दिइएको छ । क्याम्पसको इन्जिनियरिङ साहित्यिक समाज इसासले ५० जना विद्यार्थीहरूलाई तालिम दिएको हो । तालिममा विद्यार्थीहरूलाई संसदीय पद्धति अनुसार औपचारिक र अनौपचारिक छलफल तथा सार्वजनिक कार्यक्रम सञ्चालन गर्ने कला सिकाइएको हो । जनमासमा सहज रूपमा बोल्ने आत्मविश्वास बढाउन तालिमको आयोजना गरिएको इसासका सचिव प्रज्जवल काफ्लेले बताए । उनका अनुसार तालिममा समिन गैरेले सहजिकरण गरेका थिए । वक्तृत्वकला र औपचारिक कार्यक्रममा बोल्न आत्मविश्वास बढाउने तालिम प्रभावकारी रहेको सहभागी विद्यार्थीहरूले बताए । एक दिने तालिम
विराटनगर/ विराटनगर महानगरपालिकाको आयोजनामा आगामी माघ ३ गतेदेखि १६ औंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आइतबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले माघ ३ देखि ५ गतेसम्म विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको मेयर कोइरालाले बताए । प्रतियोगिताले विद्यालय–विद्यालय र विद्यार्थी–विद्यार्थीबीच प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै भाइचाराको भावना जागृत गराउन महत्वपूर्ण भूमिका खेल्ने मेयर कोइरालाको भनाइ थियो । प्रतियोगिताको उद
विराटनगर/ कोशी प्रदेशमा निजी क्षेत्रमा रोपिएका सालको रुख कटान गर्ने बारेमा कार्यदल बनेको छ । संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले मङ्सिर ७ गते प्रकाशित भएको राजपत्रमा सालको रुख कटान सम्बन्धी व्यवस्थालाई प्रकाशित गरेको छ । निजी बन बनाएका तर सालको रुख कटान गर्न नपाएकाहरूले यो कार्यविधि बनेपछि सालको रुख कटान गर्न पाउनेछन् । कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयले निजी क्षेत्रबाट सञ्चालित निजी बनको सालका रुख कटान गर्न पाउने सम्बन्धमा आइतबार एक कार्यदल समेत गठन गरेको छ । कोशी प्रदेश वन निर्देशनालयका निर्देशकको संयोजकमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका अधिकृत, डिभिजन वन कार्यालयक
बेलबारी/ पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु. २८ अर्ब १७ करोड छ । काँकरभिट्टाबाट लौकहीसम्मको १ सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव सात सय ७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ । जसमा सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुख कटान हुने वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको काकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जा
धरान/ धरान–१२ को सुनाखरी एकेडेमीले व्यवस्थापन सङ्काय तर्फ कक्षा ११ मा अध्ययनरत् आफ्ना विद्यार्थीहरूलाई औद्योगिक क्षेत्रको भ्रमण गराएको छ । उनीहरूलाई सुनसरी–मोरङ औद्योगिक करिडरमा अवस्थित एसियन थाई फुड्स प्रालिको उद्योगमा लगिएको शिक्षक आनन सुब्बाले जनाए । समन्वय र सहजीकरण गर्न विद्यार्थीहरूसँग शिक्षक सुब्बासहित सुनाखरीका निर्देशक प्रदीप राई, कक्षा ११–१२ का कोअर्डिनेटर टपकुमार राई र अर्का शिक्षक नवीन राई पनि गएका थिए । दुहबी नगरपालिका–८ मा रहेको एसियन थाई फुड प्रालिको अवलोकन भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न खाद्यवस्तुको उत्पादन कसरी हुन्छ भन्नेबारे जान
सुनसरी/ धरान–१६ स्थित यूएन नवोदय कलेजले नवागन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । धरान-१५ मा रहेको याक्थुङ चुम्लुङ भवनमा आयोजित कार्यक्रममा कलेजले कक्षा-११, बि.बि.एस. पहिलो बर्ष र बि.एच.एम.पहिलो सेमेस्टरमा अध्ययन गर्न आएका बिद्यार्थीहरुलाई स्वागत गरेको हो। कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक बिजय आछामी, पब्लिक रिलेसन अफिसर राम बहादुर लिम्बु, म्यानेजमेन्ट कोअर्डिनेटर नुर खान लगायतले नव आगन्तुक बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर स्वागत गरेका थिए । कलेजका प्रिन्सिपल तुम्बापोेका अनुसार करिब ९ सय
धरान/ कोशी प्रदेशको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा ११ ओं फुड फेस्टिबलको आयोजना गर्ने भएको छ । २०६८ सालदेखि नियमित आयोजना गर्दै आइरहेको फेस्टिबलको ११ औं संस्करण अंग्रेजी नयाँ बर्षको अवसर पारेर आगामी पुष १५ देखि १७ गतेसम्म आयोजन गर्ने आयोजक होटल एसोसिएसनले जनाएको हो । १२ औं संस्करणको फुडफेस्टिबल आयोजना हुनुपर्ने भएपनि कोरोना संक्रमणका कारण एक बर्ष आयोजना गर्न सकिएको थिएन । आरालो लागेको पर्यटन क्षेत्रलाई माथि उकास्न फुडफेस्टिबलले सहयोग पु¥याएको आयोजकको भनाई छ । ११ औ संस्करणसम्म आइपुग्दा धेरै परिवर्तन भएको र आन्तरिकमात्र हैन वाह्य पर्यटक समेत महोत्सवमा आउन थालेको आयोजक संस्था होटल एस
दिक्तेल/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन खोटाङ जिल्ला कमिटीको दोस्रो अधिवेशनले गुरुप्रसाद ढकालको अध्यक्षमा १७ सदस्यी नयाँ कमिटी चयन भएकोछ । शनिबार दिक्तेलस्थित समिक्षालय सभाहलमा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सीताराम श्रेष्ठ, सचिवमा रञ्जन खड्का, सहसचिवमा सन्तोष बस्नेत र कोषाध्यक्षमा विश्वराज मगर चयन भएकाछन् । कमिटीको सदस्यहरुमा अर्जुन राई, हर्कबहादुर दर्जी, उमेश राई, केदार आचार्य, खगेन्द्र भट्टराई, सञ्जीव गुरुङ, भद्रबहादुर विश्वकर्मा, चन्द्रबहादुर श्रेष्ठ, सुनिल बिक, होमकिशोर कसजु र लिला बिक चयन भएकाछन् । संगठनका केन्द्रीय अध्यक्ष
धरान/ नेपाल स्काउट, कोशी प्रदेश स्काउटको आयोजनामा २०८० पौष १-३ गते सम्पन्न युवा मञ्चबाट स्काउटर किरण बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय युवा परिषद् निर्विरोध निर्वाचित भएको छ । प्रदेशभरिका ५३ युवाहरुको भेलाले सदस्यमा नवीना मङ्ग्राती, विदीशा भट्टराई, निश्चल श्रेष्ठ, तनिष्क थापा, मिलन पुरी, अभिशेक सार्की, रञ्जना राई, जानुका अधिकारी, ईन्दिरा खतिवडा र प्रिती साह सर्वसम्मत रुपमा सदस्य पदमा निर्वाचित गरेको हो । साथै प्रादेशिक युवा मञ्चले राष्ट्रिय युवा मञ्चका लागि रञ्जना राई, आयुशा राजवंशी, मनिष खत्री, विपुल लोहार, गौरव खतिवडा, सौगात बस्नेत, प्रह्लाद राजवंशी, अपेक्षा श्रेष्ठ, लक्ष्मी थापा, वन्दना
विराटनगर/ विराटनगर–२ शंकरपुरमा लाग्ने एक्स्पोको आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनी हुने आयोजकले बताएको छ । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । एक्सपोमा जर्मन प्रविधिमा निर्मित हेंगरमा २४० वटा स्टल रहने ब्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।आर्थिक शिथिलतालाई चलायमान बनाउने भन्दै संघले आयोजना गरेको एक्स्पो ११ दिनसम्म सञ्चालन हुनेछ । मेला आयोजना गर्न करिब ४ करोड खर्च हुने र १० दिनमा १५ करोडभन्दा बढीको कारोबार हुने अनुम