गाईघाटले जित्यो कोशी प्रदेश प्रिमियर लिगको उपाधी

  • फागुन ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेश प्रिमियर लिगको उपाधी गाईघाट फुटबल क्लबले जितेको छ।

बिहीबार धरान रंगशालामा सम्पन्न फाइनल खेलमा पाँचथर युनाइटेड क्लबलाई ११–0 को फराकिलो अन्तरले पराजित गर्दै गाईघाटले लिग च्याम्पियन बन्न सफल भएको हो।

उपाधिसँगै गाईघाट राष्ट्रिय लिग छनोट प्रतियोगिता अन्तरगत अन्तर प्रदेश लिगमा छनोट भएको छ। त्यस्तै, दोस्रो स्थान हासिल गरेको धनकुटाको देउराली युथ क्लब पनि अन्तर प्रदेश लिगका लागि छनोट भएको छ।

कोशी प्रदेशका ११ जिल्लाका लिग च्याम्पियन क्लबहरू सम्मिलित प्रतियोगितामा टोलीहरूलाई ४ समूहमा विभाजन गरी समुह चरण तथा फाइनल चरण खेलाइएको थियो।

अन्ततः उदयपुरको गाईघाट फुटबल क्लबले ७ अंक प्राप्त गर्दै लिग च्याम्पियन बन्न सफल भयो।

धनकुटाको देउराली युथ क्लब ४ अंकसहित दोस्रो स्थानमा रह्यो भने खोटाङको बुइपा–11 क्लब समान ४ अंक प्राप्त गरे पनि गोल अन्तरका आधारमा तेस्रो स्थानमा सीमित रह्यो।

धनकुटाको गोल अन्तर ५ रहेको छ भने बुइपाको गोल अन्तर शून्य रहेको थियो। पाँचथर युनाइटेड क्लब १ अंकसहित चौथो स्थानमा रहन सफल भयो।

प्राप्त पुरस्कारहरू :

गाईघाटले लिग च्याम्पियन बन्दै नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। दोस्रो स्थान प्राप्त देउराली युथ क्लबले १ लाख ५० हजार, तेस्रो स्थानको बुइपा–11 ले १ लाख २५ हजार, र चौथो स्थानको पाँचथर युनाइटेड क्लबले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू :

गाईघाटका कप्तान युवराज थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। उनलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिएको थियो।

त्यस्तै, उत्कृष्ट गोलकिपर गाईघाटकै निम छिरिङ लामा घोषित भए भने उत्कृष्ट स्ट्राइकर प्रविन राई, उत्कृष्ट प्रशिक्षक किरण कुमार कार्की, उत्कृष्ट डिफेन्डर बुइपाका रामशुर राई र उत्कृष्ट मिडफिल्डर देउराली युथ क्लबका विपिन लिम्बू घोषित भए। यी खेलाडीहरूले जनही १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved