विराटनगर/ वैशाख १५ मा हुने उपनिर्वाचनका इलाम–२ मा २० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालय इलामका अनुसार १२ जनाले दलका तर्फबाट र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिएका मध्ये सबैभन्दा कान्छा अर्जुन शाही छन् । उनी २५ वर्षका छन् । स्वतन्त्र रूपमा उम्मेदवार बनेका योगेन्द्र गुरुङ २९ वर्षका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू ३१ वर्ष पुगेका छन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको हो । एमाले–नेकपा (माओवादी केन्द्र) र विप्लव नेकपाका साझा उम्मेदवार सुहाङ नेम्वा
उदयपुर/ गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा वृद्धि भएको व्यापारी बताउँछन् । चैत महिना लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका सुरेश सहनीका अनुसार अहिले दैनिक चार हजार बढीको खर्बुजाको बिक्री हुने गरेको छ । गाईघाट बजार पिपलचौकमा खर्बुजाका व्यापारी लोकेन्द्र मण्डलले दैनिक तीन हजारभन्दा बढीको खर्बुजा बिक्री गरिरहेको बताए । चितवन, झापा तथा सुनसरीको दक्षिणी भागबाट खर्बुजा खरिद गरेर ल्याई गाईघाटमा बिक्री गर्ने गरेको उनले बताए । चैतदेखि जेठसम्म खर्
धरान/ एलाइनेट जिमको २१ औ प्रस्तुति अन्र्तगत शनिवार आयोजित पाचौ मि. कोशि शारिरिक सुगठन प्रतियोगिताको उपाधि भिजन फिटनेस धरानका विनोदकुमार नेपालीले चुमेको छ । नेपाली ६५ केजि तौल समुहका विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले उपाधि संगै नगद एक लाख १५ हजार, ट्रफि, मेडल , प्रमाणपत्र र ५० हजार रुपैया वरावरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गरेका छन् । मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन । यसै गरि उपविजेता धरान फिटनेस क्लवका लक्ष्मी मोक्तान, तेस्रो न्युट्रि हव तरहराका प्रदिप महतो, चौथो एनिटाइम्स फिटनेसका उमेश राई र पाचौ झुनाज फिटनेसका उत्सव लिम्वु भए । उनिहरुल
धरान/ होटल म्यानेजमेन्ट अध्य्यनका लागि कोशी प्रदेशमै उत्कृष्ट रहदै आएको धरान १६ स्थित युएन कलेज र युएन नबोदय प्लस टु ले १२औ वार्षिकोत्सब सम्पन्न गरेको छ । बिहिबार धरान १५ चुम्लुङ हिममा विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब सम्पन्न गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गड्तौलाको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सब कार्यक्रममा बिएचएमको थर्ड सेमेस्टारको परिक्षामा नेपाल थर्ड टपर बन्न सफल भएकी छात्रा स्मारिका श्रेष्ठलाई नगद सहित सम्मान गरिएको छ । उनलाइ नगद ३० हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यसै गरि बिएचएममै प्रदेश थर्ड बनेकी रोजिना राईलाई पनि नगद १५
धरान / गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा गायिका अस्मिता अधिकारी र गायक रोम नामजालीको स्वरमा रहेको गीत ‘तीन तारा तीनतिर’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिगत दुई दशक देखी नेपाली गित संगीतमा रहेका गायक तथा संगीतकार,भुवन सुप्तिहाङ राई गीत संगीत अनुभव संगालेका भुवन हाल अमेरिकामा छन् । गायक रोम पनि अमेरिकामै बसोबास गर्छन् । गीतमा रोमको स्वर अमेरिकामै रेकर्ड गरिएको हो भने अस्मिताको स्वर नेपालमा रेकर्ड गरिएको संगीतकार सुप्तिहाङले जानकारी दिए । आनंद अधिकारीले लेखेको गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् । गीतको भिडियो निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । म्युजिक भि
धरान / गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा गायिका अस्मिता अधिकारी र गायक रोम नामजालीको स्वरमा रहेको गीत ‘तीन तारा तीनतिर’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिगत दुई दशक देखी नेपाली गित संगीतमा रहेका गायक तथा संगीतकार,भुवन सुप्तिहाङ राई गीत संगीत अनुभव संगालेका भुवन हाल अमेरिकामा छन् । गायक रोम पनि अमेरिकामै बसोबास गर्छन् । गीतमा रोमको स्वर अमेरिकामै रेकर्ड गरिएको हो भने अस्मिताको स्वर नेपालमा रेकर्ड गरिएको संगीतकार सुप्तिहाङले जानकारी दिए । आनंद अधिकारीले लेखेको गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् । गीतको भिडियो निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । म्युजिक भि
धरान/ कोशी प्रदेशका पाँच जिल्लामा धरान स्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा सुचारु गर्ने भएको छ । प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय, कोसी प्रदेश सरकारको संयुक्त सहकार्यमा संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुचारु हुने भएको हो । प्रतिष्ठानमा विहिबार आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रममा प्रतिष्ठानलाई हब अस्पतालको रूपमा विकास गरी उल्लेखित जिल्ला अस्पतालहरूमा उपलब्ध हुन नसकी रहेका विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखिएक
धरान/ रोटरी क्लब धरानको संयोजकमा देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्वास्थ्यका पहुच नपुगेका सर्वसाधारणलाई लक्षित रोटरीले देशका ५ जिल्ल्लामा आँखा शिविरको आयोजना गरिएको हो । क्लबले काभ्रे, सिन्धुली, उदयपु, सुनसरी र झापाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो पाँच जिल्लामा क्लबले ४ हजार दुई सय ६ सय ५ जना बालबालिकाको निःशुल्क आँखा चेकजाँच गरिएको थियो । चेकजाँचमा शिविरमा आएकाहरुमा आँखाको दृष्टिदोष भएका विरामीहरु भेटिएको क्लबले जनाएको छ । सो बेला उपचारमात्र हैन २ हजार ४ सय २० जनालाई नजिक र टाँढा देखिने चश्मा स
धरान/ आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण महाकुम्भ मेलामा ३० लाख धार्मिक पर्यटकलाई व्यवस्थापन गर्ने गरी तयारी थलिएको छ । यसमा स्थानीय सरकार बराह क्षेत्र नगररपालिका आफैले मेलाको अध्यक्षता गरेको छ भने प्रदेश सरकार र संघीय सरकारले समेत मेला सम्पन्न गर्न राम्रो भूमिका निर्वाह गर्ने भएको छ । महाकुम्भ मूल आयोजक समिति यस बर्षको महाकुम्भ मेलामा न्युनत्तम ३० लाख आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित काम शुरु गरेको हो । यसका लागि मूल आयोजक समिति मातहत २६ समिति यसअघि निर्माण गरिसकिएको छ । समितिले आआफ्ना जिम्मेवारीअनुसार काम सुरु
इलाम/ युवा उमेर परिवर्तनको तीव्र हुटहुटी भएको उमेर हो । सही दृष्टिकोण, साहस र ऊर्जा बोकेको युवा आजको नेपालको आवश्यकता हो । त्यो क्षमता भएको नेतृत्वलाई हामीले स्थापित गर्न सक्यौँ भने हामीले भनेको बाटोमा देशलाई लैजाने साहस युवामा छ । अहिले अवसर खोजिरहेका युवालाई समाजले खोजिरहेको छ । आजका युवाले नेतृत्व युवा नै खोजिरहेको छ । नेपाली राजनीतिमा ठुला पार्टी भनिने नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा लाखौँ युवाहरूको सहभागिता भूमिका छ । इलाममा बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस, नेकपा माओवादी, एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, पहिचानवादी