धरान / प्याब्सन सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको जिल्ला स्तरीय हाजिरी जबाफ प्रतियोगितामा धरान प्रथम भएको छ । ७ वटा नगरपालिकाको १९ वटा टिमलाई पछि पार्दै धरान ६ पानबारीमा रहेको एभरेष्ट चिल्ड्रेन एकाडेमी बोर्डिङ स्कुल प्रथम हुदै रनिङ सिल हात पारेको छ । एभरेष्टका टिमबाट सहभागी कृतिका प्याकुरेल, निशान विश्वकर्मा र कुशल प्याकुरेलको टिमले सबै विद्यालयलाई पछि पार्दै प्रथम बन्दै रनिङ सिल हात पारेका हुन् । यस्तै प्रतियोगितामा बराहक्षेत्रको मुनबिम एकाडेमी दोस्रो, बराहक्षेत्रकै चिल्ड्रेन एकेडेमी तेस्रो र रामधुनीको युनिक इङलिस स्कुलले सान्त्वना स्थान हात पारेको थियो , किताबी ज्ञानलाई
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ११ को कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल बितरण गरेको छ । शुक्रवार मधुवन स्थित बडा कार्यालयमा एक अैापचारिक कार्यक्रम आयोजना गरेर वडामा रहेका १७ जना स्वास्थ्य स्वयंसेविकाहरु र एक जना वडाको सरसफाई कर्मचारीलाई वडा अध्यक्ष कृष्ण कुमार महतोले साइलक हस्तान्तरण गरेका हुन् । वडा सचिव पंकक रामका अनुसार वडाको १ लाख ४३ हजार बजेटबाट स्वयंसेविकाहरु र एक जना वडाको सरसफाई कर्मचारीलाई साइलक उपलब्ध गराईएको हो । ग्रामिण इलाका तथा सामाजिक तथा आर्थिक रुपमा बिपन्न परिबारको घर- घरमा पुगेर वालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा स्वास्थ्य स
धरान/ बजाज मोटर साइकलको एक मात्र आधिकारिक ता अर्बिन एण्ड ब्रदर्श – अटोले बजाज एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ । असार ६ बजाजकै सोरुममा एक कार्यक्रमको आयोजना गरी सो मोटरसाइकल सार्वजनिक गरिएको हो । यो मोटरस भारतमा भने एक वर्ष अघि नै लन्च भइसकेको थियो । यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेको र यसले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । यस अघि नै बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा लन्च गरिसकेको सोरुमका सञ्चालक अर्विन तामाङले जानकारी दिए । उनका अनुसार यो मोटरसाइकल नेपालमा लन्च भएदेखि नै पल्सरले मोटरसाइकल क्षेत्रमा
धरान/ विश्व योग दिवसको अवसरमा धरान सिटी चिल्ड्रेन हाउस मन्टेश्वरीले योग शिविरसँगै विद्यार्थी, अभिभावक र शिक्षकलाई लक्षित गरी निःशुल्क दन्त परीक्षणको आयोजना गरेको थियो । स्वस्थ जीवनको परिकल्पनामा योग विज्ञानले समेत प्रमाणित गरिसकेको अवस्थामा अनिवार्य जस्तो भएको अवस्थामा योग शिविरसँगै दन्त शिविरको आयोजना गरिएको सिटी चिल्ड्रेनकी निर्देशक ओमुकुमारी राईले जानकारी दिइन् । शिविरमा शिक्षक, अभिभाव तथा विद्यार्थी गरी १ सय जनाले निःशुल्क दातको उपचार गरेको उनले जानकारी गराइन् । मन्टेश्वरीले ब्रम्हा कुमारी राज योग धरानका सुभद्रा श्रेष्ठ र सिर्जना थापाले योग सिकाउनु भएको थियो भने बराह डेन्टलका
धनकुटा/ अनुसन्धानात्मक लेखहरू सङ्गृहीत पुस्तक ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ गत मङ्गलबार विमोचन गरिएको छ । कार्यक्रममा पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै डा. कमल तिगेलाले चौबिसे थुमका विषयमा अध्ययन गर्न चाहने अनुसन्धाताहरूका लागि पुस्तक सहयोगी बन्ने धारणा राखे । उनले पुस्तकमा केही महत्वपूर्ण विषय छुटेको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता विषयलाई पनि समेट्न सुझाव दिए । त्यसै क्रममा अर्का टिप्पणीकर्ता कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले आगामी दिनमा गरिने खोज–अनुसन्धानका लागि पुस्तक आधारशिला बनेको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ
धरान । श्री सरस्वती बाल आश्रमका बालबालिकाहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले खाना खुवाएकोछ । शुक्रबार धरान ३ स्थित आश्रममा २५ जना बालबालिकाहरुलाई खाना खुवाएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४५ औँ स्थापना दिवसको अवसरमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहितका नेताहरुको उपस्थितिमा संगठन धरान उपमहानगर कमिटीले बालबालिकाहरुलाई खानपान तथा फलफूल वितरण गरिएको हो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, संगठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा, जिफन्ट धरान अध्यक्ष शमसेर बर्देवा, संगठन धरान अध्यक्ष किरण थापा, सदस्यहरु कुविर श्रेष्ठ, लेखराज थापा, चेतराज दाहाल र सल्
धनुषा/ धनुषा र सिरहालाई जोड्ने कमला पुल नबन्दा सिरह र धनुषाबासीलाई सास्ती हुँदै आएको छ । गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिए तर म्याद सकिन एक हप्ता बाँकी रहँदासम्म पुल निर्माणको काम भएको छैन । वर्षा सुरु भएसँगै बाढीको जोखिम बढेकाले पुल निर्माण यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताए । मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । विसं २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्मा
ताप्लेजुङ/ ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बाढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँच जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार यहाँका आठ घर पूर्णरुपले क्षति भएका छन्भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले बताए । “बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् । चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ”, प्रजिअ आचार्यले भने । बाढीपहिरोबाट विस्थापित ७० पर
झापा/ कोशी जलाधार क्षेत्रका हिमतालहरु विस्फोटनको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । विपद् व्यवस्थापन समिति कोशीले जनाएको छ । कोशी जलाधार क्षेत्रका तल्लो बरुण, हुङ्गुट, लुमदिङ्ग च्छो लगायतका ४२ वटा हिमताल विष्फोटनको उच्च जोखिममा रहेको जनाइएको छन् । समितिले हालै कार्यान्वयनमा ल्याएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’मा विष्फोटनको उच्च जोखिममा रहेका हिमतालहरुको आँकलन गरिएको छ । समितिका सदस्य यशप्रसाद सुब्बाका अनुसार अरुण नदीको जलाधार क्षेत्रमा सबैभन्दा बढी १७ वटा हिमताल फुट्ने उच्च जोखिम रहेको छ । जसमध्ये नेपालतर्फ चार वटा र तिब्बततर्फ १३ वटा हिमतालहरु
इलाम/ इलामको फाकफोकथुम गाउँपालिकामा रु चार करोड १९ लाख ८२ हजार चार सय ३२ को लागतमा छवटा सिँचाइ आयोजना निर्माण भएका छन् ।चालु आर्षिक वर्षमा सञ्चालित आयोजनाको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका साना सिँचाइ कार्यक्रमले जनाएको छ । आयोजनाअन्तर्गत ‘ड्याम’ र पक्की कुलोलगायत पूर्वाधार निर्माण भएका छन् । फाकफोकथुम गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं ६ बाहेक सबै वडामा एक–एकवटा सिँचाइ कुलो निर्माण भएको छ । वडा नं १ स्थित धलपुजे टारीटोलमा रु ६६ लाख ७० हजार दुई सय ७२ को लागतमा ७० घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी धुलपुजे टारी सिँचाइ कुलो