धरानमा युवक झुन्डिएको अवस्थामा मृत फेला, वास्तविक पहिचान अझै अज्ञात

  • साउन २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका–८ स्थित गुराँस मार्गमा कोठा भाडामा बसेका एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मंगलबार बिहान ११:३० बजेतिर दिलबहादुर लिम्बुको घरको कोठामा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको हो।

प्रहरीका अनुसार ती युवक अन्दाजी २५–२८ वर्षका देखिन्छन्। डेढ महिनाअघि ताप्लेजुङ घर बताउँदै कोठा भाडामा बस्न आएका उनले आफूलाई सौजन श्रेष्ठ जोशी भनेर चिनाएका थिए।

तर उनको वास्तविक नाम, स्थायी ठेगाना र पारिवारिक विवरण अझै पुष्टि हुन सकेको छैन।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगूका अनुसार कोठाबाट दुर्गन्ध आएपछि घरधनीको बुहारीले झ्यालबाट हेर्दा युवक झुन्डिएको अवस्थामा देखेकी थिइन्। त्यसपछि प्रहरीलाई खबर गरिएको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा युवक गाडी लाइनमा सहचालकको रूपमा काम गर्ने गरेको खुलेको जनाएको छ।

हाल मृतकको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। युवकको परिचित वा आफन्तले सम्पर्क गर्न इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक रूपमा आग्रह गरेको छ।

मृतकको परिचय खुलाउने प्रयास जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved