काठमाडौँ/ आकर्षक रोजगारीको झुटो आश्वासनमा भारतको उत्तराखण्ड, काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको छ। उनीहरूलाई सम्भवत: मंगलबार नेपाल फर्काउने तयारी भइरहेको छ। नेपाली राजदूतावास, भारतीय प्रहरी तथा ‘केन इन्डिया’ नामक सामाजिक संस्थाको समन्वयमा गत बिहीबार ती नेपाली युवाहरूको उद्धार गरिएको हो। संस्थाका निर्देशक नवीन जोशीका अनुसार अदालती तथा प्रशासनिक प्रक्रिया पूरा गरी ती युवकलाई सकुशल नेपाल फर्काउने तयारी भइरहेको छ। ‘एक महिनासम्म निरन्तर खटिएर ठुलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सफल भएका छौँ,’ उनले भने। नेपाली युवकहरूलाई फसा
सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–८ मा सर्पले टोकेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मोहमद कासिमकी छोरी नविजन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार नविजन आफ्नै घरको आँगनमा खेल्दै गर्दा दाहिने खुट्टाको घुँडामुनि सर्पले टोकेको थियो। कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन भइसकेको छैन। सर्पदंशपछि घाइते बालिकालाई तत्काल इनरुवा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा शनिबार दिउँसो ३:४० बजे नविजनको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइ
बिहानी त हुन्छ नै भोलि फेरि हिड्नु छ जिन्दगिको अनेक रङ्गले यो जिन्दगी पनि रङ्याउनु छ बिहानी त हुन्छ नै भोलि फेरि हिड्नु छ अनेकौ जिन्दगिबिच केही जिन्दगी चिन्नु छ लौ जे जस्तो भए पनि पराइ र आफन्तसङ त मिल्नु छ बिहानी त हुन्छ नै भोलि फेरि हिड्नु छ पर्याप्तता अभावको आखिर महसुस गर्नु छ प्रेम र घृणाको स्वाद अझि स्व्पान गर्नु छ बिहानी त हुन्छ नै भोलि फेरि हिड्नु छ जिन्दगिको प्रतिस्पर्धामा अझ कति जित्नु र हार्नु छ एकै छिन दिल दिएर हसाउनु छ अनि फेरि खोसेर रुवाउनु छ बिहानी त हुन्छ नै भोलि फेरि हिड्नु छ आफू मातहत भएका
धरान/ विश्व संगीत दिवसको अवसरमा शनिबार धरानको भानुचोकमा बिविध कार्यक्रमको आयोजना गरी संगीत दिवस उत्साहपूर्वक मनाइएको छ। धरान संगीत प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धरानको साहित्य, गीत र संगीतको उन्नयनका लागि प्रदेश सरकारको निरन्तर साथ रहने बताए। ‘धरानको कला, साहित्य र संगीत प्रदेशको गौरव हो, आगामी दिनमा यसको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ,’ मन्त्री राईले भने। उनले प्रतिष्ठानको भवन निर्माणका लागि समयमै प्रस्ताव आए आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर सहयोग गर्ने प्रतिबद्धत
धनकुटा/ कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले अबदेखि पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ। भेडेटारमा सम्पन्न दुईदिने ‘आर्थिक तथा लेखा व्यवस्थापन तालिम’को समापन कार्यक्रममा यस्तो घोषणा गरिएको हो। केन्द्रीय लेखा आयोगको आयोजनामा प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित तालिममा २१ बुँदे सामूहिक प्रतिबद्धता समेत सार्वजनिक गरिएको केन्द्रीय लेखा आयोग सदस्य डिबी शाहशंकरले बताए । उक्त घोषणामा पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता बढाउने लक्ष्य राखिएको छ। घोषणापत्रअनुसार अब पार्टीका सम्पूर्ण आर्थिक गतिविधि बैंकिङ प्रणालीमार
सुनसरी/ वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित बिचपानी खेलमैदानमा सम्पन्न वराहक्षेत्र उप-मेयर कप नगरस्तरीय भलिबल प्रतियोगिता–२०८२ को उपाधि वडा नं ३ ले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा वडा नं ७ लाई ३–१ को सेटमा पराजित गर्दै वडा नं ३ ले उपाधि जितेको हो। उपाधिसँगै वडा नं ३ ले नगद ७१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता वडा नं ७ ले नगद ४५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पार्यो। वराहक्षेत्र नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा फाइनल खेलको म्यान अफ द म्याच वडा नं ७ का अनिस बिष्ट घोषित भए। त्
धरान/ धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा चलिरहेको कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा आयोजक जिल्ला सुनसरी र इलामबीच उपाधि भिडन्त हुने भएको छ। शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई फराकिलो ६९–२५ अंकले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। खेलमा सुनसरीले प्रत्येक क्वाटरमा क्रमशः १६–४, १३–५, १६–५ र २४–१० अंक जोडेको थियो। सुनसरीका सुसन श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए। उनलाई व्रिज इन्टरनेसनल कन्सलटेन्सीका मार्केटिङ म्यानेजर मनकुमार लिम्बुले ट्रफी प्रदान गरे
धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु पालाम ‘खाम्बेक फूङ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। धरान–९ स्थित एचके मेलोडी क्लबमा आयोजित कार्यक्रममा याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नबिन मेन्याङ्बोले भिडियो विमोचन गरे। प्रमुख अतिथि मेन्याङ्बोले लिम्बु समुदायको मौलिक संस्कृति, धान नाच र पालाम गीतको संरक्षण र प्रवर्द्धनमा भिडियोले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे। उक्त भिडियो गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको निर्देशन, म्युजिक मिडिया धरानका संचालक विजय श्रेष्ठको संगीत संयोजन र भिजुअल फिल्म स्
धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार सम्पन्न ‘एसईई आइडल’को पाँचौँ संस्करणमा तीन विधामा उत्कृष्ट प्रतिभाहरूले उपाधि चुमेका छन् । धरानमा आयोजना गरिएको प्रतियोगितामा सिङ्गिङ (गायन) मा खिना राना मगर, डान्सिङ (नृत्य) मा रोहन दर्नाल र वक्तृत्वकलामा मिसु प्रधान विजेता घोषित भएका हुन् । विजेताहरूले नगद पुरस्कारसँगै कक्षा ११ र १२ सम्मको निःशुल्क छात्रवृत्ति, सिक्किम वा मुस्ताङ भ्रमण र बारिस्टा तालिम जस्ता अवसर प्राप्त गरेका छन् । गायन र नृत्यतर्फका विजेताहरूले जनही ५० हजार रुपैयाँ नगद र वक्तृत्वतर्फका विजेताले ६० हजार रुपैयाँ नगद प्राप्त गरे । २०७५ सालदेखि सुरु भएको सो
धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार्थीहरूलाई मौलिक सीप सिकाउने उद्देश्यले दुना, टपरी र बात्ती बनाउन तालिम सञ्चालन गरेको छ। विद्यालयले कक्षा ७ देखि १० सम्मका इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी दुई दिने तालिम आयोजना गरिएको हो। जुनियर युवा रेडक्रस सर्कलको पहलमा शुक्रबार र शनिबार गरी तालिम सञ्चालन भइरहेको छ। “हाम्रा नानीहरू व्यवहारिक ज्ञानमा कमजोर हुँदै गएका छन्, मौलिकता हराउँदैछ, बिर्सिँदैछ,” विद्यालयका शिक्षक भवानी प्रसाद खतिवडाले भने। “पितापुर्खाहरूले प्रयोग गर्दै आएको दुना, टपरी र बात्ती जस्ता मौलिक सीपहरू नयाँ पुस्तालाई सिकाउनु जरुरी छ। त्यसैले हामीले