धरानको सुनाखरी एकेडेमीले बास्केटबल विजेता खेलाडीलाई गर्‍यो सम्मान

  • साउन २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान–१२ स्थित सुनाखरी एकेडेमीले “चौथो अन्तरविद्यालयीय मेजर श्रवण कुमार लिम्बु स्मृति डिपोट बास्केटबल रनिङ कप–२०८२” मा उपाधि जितेका आफ्ना खेलाडीहरूलाई मंगलबार विशेष कार्यक्रमका बीच सम्मान गरेको छ।

एकेडेमीका कक्षा १० का विद्यार्थीहरूले सोमबार डिपोट सेकेन्डरी स्कुलको मैदानमा भएको फाइनल खेलमा शानदार जित हात पार्दै उपाधिसहित नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए।

स्कुल प्राङ्गणमा आयोजित सम्मान कार्यक्रममा प्रिन्सिपल मिलन कुमार राई, प्लस टु कोअर्डिनेटर तप कुमार राईलगायतले खेलाडीहरूलाई खदा र अबिर लगाई सम्मान गरे।

“विद्यार्थीहरूको मनोबल बढाउन तथा खेलकुदप्रतिको प्रेरणा जगाउन यो सम्मान कार्यक्रम आयोजना गरिएको हो,” — प्रिन्सिपल राईले बताए।

1754484042827

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved