३ घण्टाका लागि नेपाल आएकी ब्राजिलियन युवतीको ‘कालो ब्रा’ भित्र भेटियो डेढ किलो कोकिन

  • साउन २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं /  साउन २१ गते, ब्राजिलबाट दुबईलाई ट्रान्जिट बनाएर काठमाडौं ओर्लिएकी २१ वर्षीया ब्राजिलियन इमिली मकाइले सान्तोष फरेरा त्रिभुवन विमानस्थलमा उत्रिँदै गर्दा उनको यात्रा निकै सामान्य देखिन्थ्यो। तर, लागुऔषध नियन्त्रण ब्युरोका आँखामा उनी पहिल्यै वाचलिस्टमा परिसकेकी थिइन्।

कारणरु हालै ब्राजिलमार्ग हुँदै कोकिन नेपाल भित्र्याउने क्रम बढेको छ। त्यसमा पनि उनको नेपाल बसाई केवल ३ घण्टा मात्र, त्यसपछि भुटान जाने योजना। यस्तो छोटो बसाइँका बाबजुद उनले काठमाडौंको होटल बुक गरेकी थिइन्। यिनै कारणहरूले प्रहरीको शंका थप बलियो बनायो।

विमानस्थलमा उनको लगेज र ह्यान्डक्यारी जाँच्दा केही भेटिएन। तर प्रहरीलाई कथा यत्तिमै सकिएको विश्वास थिएन। महिला प्रहरीमार्फत शरीरको तलासी गर्दा सबै खुल्यो— उनको कालो ब्रा भित्र १० वटा कन्डममा भरिएको झोल भेटियो। परीक्षण गर्दा त्यो झोल कोकिन भएको पत्ता लाग्यो।

ब्युरोका एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार बरामद कोकिनको तौल १ किलो ९५० ग्राम छ। झोल सुकेपछि यो सेतो पाउडरमा परिणत हुने प्रकारको कोकिन हो। इमिलीलाई तत्काल नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved