श्रीमतीलाई बलात्कार गर्ने श्रीमान जबरजस्ती करणीको अभियोगमा पक्राउ

  • साउन २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

फिदिम/ पाँचथरको फिदिम नगरपालिका–४ बाट २७ वर्षीय एक युवक आफ्नो पत्नीमाथि बारम्बार जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पीडित महिलाले आफ्नै श्रीमानले मादक पदार्थ सेवन गर्दै, बारम्बार झगडा, कुटपिटका साथै सहमति बिना यौन सम्पर्क गर्ने गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

पीडित र आरोपी पति फिदिम–४ मा डेरामा बस्दै आएका थिए र उनीहरूको अढाई वर्षीया छोरी पनि छ। पीडितका अनुसार पटक–पटक चेतावनी दिए पनि श्रीमानको व्यवहार नबदलेपछि उनले कानुनी प्रक्रिया अघि बढाएकी हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी कौशल बुढाथोकीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार बैवाहिक बलात्कारको दोषीलाई पाँच वर्षसम्म कैद सजाय हुन सक्छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved