- चन्दन रौनियार
दुहबी/ नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सुनसरीको दुहबी नगरपालिका वडा नं. ८ मा वडा अधिवेशन सम्पन्न भएको छ।
२०८३ असोज ४ गते आइतबारका दिन आयोजित अधिवेशनले राम नारायण चौधरीको सभापतित्वमा नयाँ वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू चयन गरेको छ।
अधिवेशनले उप-सभापतिमा आशाराम चौधरी र महिला उप-सभापतिमा अस्मिता ऋषिदेवलाई चयन गरेको छ।
त्यसैगरी सचिवमा रोषन अधिकारी तथा सह-सचिवमा सौरभ बहादुर कार्की निर्वाचित भएका छन्।
वडा कार्यसमितिका सदस्यहरूमा हसिना चौधरी, सुदिप राई, हरि रिजाल, बिशाल साह, पदम बुढाथोकी, अक्तर मिया, संगिता श्रेष्ठ, ममता राई र कविता यादव चयन हुनुभएको छ।
यसैगरी, अधिवेशनले वडाबाट ४१ जना क्षेत्रीय प्रतिनिधिहरूसमेत चयन गरेको छ।
निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूमा कल्पना कार्की, सरिता मुसहर्नि, कलावति माझी, इन्दिरा देवी निरौला, लक्ष्मी ठाकुर, समिना खातुन, निर्मला देवी सरदार, दिपेन्द्र कार्की, अन्जना कुमारी खा, सितोष बराइलि, रमेश थापा, गोबिन्द कुमार बजगाई, सतार मिया, तारिक चन्द्र सरदार, खड्ग नारायण माझी, बिदेशीया ऋषिदेव, मजित मिया, नबि हुसेन, सफिद मिया, धर्मराज राई, दामोदर दाहाल, मेघराज दाहाल, सुरज राई,
सोमनाथ आचार्य, पुण्यप्रसाद उपाध्याय, गौरी शंकर चौधरी, नागेश्वर चौधरी, छबि लाल चौधरी, मोहन माझी, उज्याला मानन्धर, अमृत थपलिया, राजेश भट्टराई, पन्च नारायण चौधरी, दिल कुमार माझी, लक्ष्मण पौडेल, नरेन्द्र ठाकुर, उमेश कुमार तामाङ, श्याम कुमार चौधरी, मुल नारायण चौधरी, सुजन पाण्डे र ओम थापा रहनुभएको छ।
नवनिर्वाचित वडा कार्यसमिति तथा सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई संगठन सुदृढीकरण र जनताको सेवामा समर्पित रहन स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।