व्यवहारिक शिक्षामा जोड दिँदै यूएन नवोदय कलेजले ल्यायो आकर्षक छात्रवृत्ति र विशेष सुविधाहरू

  • जेठ ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था यूएन नवोदय कलेजले आगामी शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ को भर्ना खुला गर्दै विभिन्न रोजगारमुखी र व्यवहारिक कार्यक्रमहरू सार्वजनिक गरेको छ।

कलेजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले कलेजले यस वर्षदेखि 'व्यवहारिक, आत्मनिर्भर र रोजगारमुखी शिक्षा' लाई थप प्रभावकारी बनाउन नयाँ योजनाहरू अघि सारेको जानकारी दिनुभयो।

शिक्षाको गुणस्तरलाई मध्यनजर गर्दै कलेजले यस वर्षदेखि कक्षा ११ मा सीमित कोटा प्रणाली लागू गरेको छ, जसअन्तर्गत होटल म्यानेजमेन्टमा १४०, विज्ञान र कम्प्युटर विज्ञानमा ७०–७० तथा म्यानेजमेन्टमा ३५ जना विद्यार्थी मात्र भर्ना गरिनेछ। भर्नाका लागि जेठ ११ गते लिखित प्रवेश परीक्षा र अन्तर्वार्ता तय गरिएको छ।

जेहेन्दार र प्रतिभावान विद्यार्थीहरूका लागि कलेजले ठूलो राशिको छात्रवृत्ति प्याकेज घोषणा गरेको छ। SEE परीक्षामा ३.६१ देखि ४.० GPA हासिल गर्ने विद्यार्थीले शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन्, जसमा भर्ना शुल्क, मासिक शुल्क, वार्षिक शुल्क र प्रयोगात्मक शुल्क समेत पूर्ण रूपमा निःशुल्क हुनेछ।

यसका साथै खेलकुद, संगीत, नृत्य र वक्तृत्वकला जस्ता अतिरिक्त विधामा नगर, जिल्ला, प्रदेश वा राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पनि कलेजले विशेष छात्रवृत्ति प्रदान गर्नेछ।

कलेजले आफ्नो भौतिक पूर्वाधार र ल्याबहरूको स्तरोन्नतिका लागि मात्र यस वर्ष १ करोड रुपैयाँभन्दा बढी लगानी गरेर अत्याधुनिक प्रविधिमैत्री कक्षाकोठाहरू तयार गरेको छ।

विशेष गरी होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूका लागि यूएन नवोदयले नेपालमै फरक खालको सिकाइ वातावरण तयार गरेको छ।

कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई निःशुल्क बारिष्टा तालिम दिइनुका साथै प्लस टु पछि सोही कलेजमा BHM अध्ययन गर्ने विद्यार्थीलाई ५५ हजार रुपैयाँभन्दा बढी मूल्यको ब्रान्डेड ल्यापटप निःशुल्क उपलब्ध गराइनेछ। कलेजले आफ्नै व्यावसायिक रेष्टुरेन्ट र बेकरी आउटलेट सञ्चालन गरिरहेकाले विद्यार्थीले पढ्दै कमाउने (Earn While You Learn) अवसर पाउनेछन्।

प्रिन्सिपल तुम्बापोका अनुसार कलेजले BHM का विद्यार्थीलाई युरोपको फ्रान्सदेखि दुबई, कतार र हङकङ जस्ता देशका स्टार होटलहरूमा सशुल्क इन्टर्नसिपका लागि पठाउने गरेको छ, जहाँबाट विद्यार्थीले आफ्नो पूरै ४ वर्षको पढाइ खर्च एकै वर्षमा कमाउन सफल भइरहेका छन्।

पछिल्लो समय प्रविधिको महत्व बढ्दै गएकाले कलेजले डिजिटल साक्षरता र आर्टिफिसियल इन्टेलिजेन्स (AI) सम्बन्धी विशेष कक्षाहरू समेत सञ्चालन गर्ने भएको छ।

सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै कलेजले आर्थिक रूपमा विपन्न र अल्पसंख्यक समुदायका विद्यार्थीलाई पनि निःशुल्क शिक्षाको अवसर दिँदै आएको छ।

धरान बाहिरका इटहरी, बकलौरी र गछिया जस्ता क्षेत्रबाट आउने विद्यार्थीका लागि कलेज बस र टाढाबाट आउनेका लागि सुविधासम्पन्न छात्रावासको व्यवस्था रहेको कलेज प्रशासनले जनाएको छ।

कलेजको मुख्य उद्देश्य विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र आत्मनिर्भर जनशक्ति तयार गर्नु रहेको छ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved