शक्ति नेपालको नयाँ उपन्यास ‘चेतनकक्ष’ सार्वजनिक

  • जेठ ३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ कालिञ्चोक पुस्तक प्रकाशन द्वारा प्रकाशित लेखक शक्ति नेपाल को नयाँ उपन्यास ‘चेतनकक्ष’ नेपाल प्रज्ञा प्रतिष्ठान को पारिजात कक्ष मा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

विशेष समारोहमा पूर्व उपकुलपति गंगाप्रसाद उप्रेती, हेमनाथ पौडेल, लेखक स्वयं तथा अन्य विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए। कार्यक्रममा ठूलो सङ्ख्यामा साहित्यकार, समीक्षक, पाठक तथा बौद्धिक समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

विमोचन समारोहमा बोल्दै प्रा। डा। हेमनाथ पौडेलले ‘चेतनकक्ष’ लाई बहुआयामिक र समकालीन चेत बोकेको महत्वपूर्ण कृतिका रूपमा व्याख्या गर्दै भन्नुभयो, “यो उपन्यास केवल बालस्मृति वा पारिवारिक कथा मात्र होइन, यसले आध्यात्मिक चेत, अनुशासन, नैतिक आदर्श, जातीय सहअस्तित्व, लैङ्गिक प्रश्न र वर्तमान राजनीतिक विकृतिलाई समेत गहिरो रूपमा उजागर गरेको छ।”

लेखक शक्ति नेपालले वर्तमान समाजमा नैतिक शिक्षा र आत्मनियन्त्रणको अभावले सामाजिक विसङ्गति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उपन्यासले यही यथार्थलाई कथावस्तु बनाएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार आध्यात्मिकता र नैतिक शिक्षाको अभावले मानिस आफ्नो पहिचान गुमाउँदै गएको र समाजमा आपसी द्वन्द्व बढिरहेको सन्देश पुस्तकले बोकेको छ।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण राजिन पनेरु ले गर्नुभएको थियो। कार्यक्रममा आमन्त्रित वक्ता तथा समीक्षकहरूबीच उपन्यास केन्द्रित टिप्पणी र गहन साहित्यिक अन्तरक्रिया समेत भएको थियो।

‘चेतनकक्ष’ सार्वजनिक भएसँगै नेपाली साहित्यमा नयाँ बहस र विमर्शको ढोका खुलेको साहित्यिक वृत्तको विश्वास छ।

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

धरान पिण्डेश्वर बाबा ...

धरान/  प्रत्येक वर्ष साउन महिनामा धरान– ...

हिबिस्कसमा हिज्जे प् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

बराहक्षेत्रमा ब्राउन ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved