वाहिनीपति ट्रफी–२०८३ : नयाँ श्रीनाथ गण सर्वोत्कृष्ट, ६ विधामा स्वर्ण जित्दै च्याम्पियन

  • जेठ १, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धनकुटाको हिलेस्थित श्री नं. २ वाहिनी अड्डाद्वारा आयोजित “वाहिनीपति ट्रफी–२०८३” मा भोजपुरमा तैनाथ नयाँ श्रीनाथ गणले उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट गणको उपाधि जितेको छ।

भलिबल, बास्केटबल, फुटबल, एथ्लेटिक्स, बक्सिङ तथा तेक्वान्दो गरी ६ विधामा प्रथम स्थान हासिल गर्दै नयाँ श्रीनाथ गण प्रतियोगिताको च्याम्पियन बनेको हो।

प्रतियोगितामा भीमदल गणले स्विमिङ र कबड्डीमा प्रथम स्थान हासिल गर्दै दोस्रो स्थान प्राप्त गर्‍यो भने शिवदल गण जुडोमा उत्कृष्ट बन्दै तेस्रो स्थानमा रह्यो।

वैशाख २३ गतेदेखि सञ्चालन भएको प्रतियोगिता वैशाख ३१ गते सम्पन्न भएको थियो। समापन समारोहमा वाहिनीपति सहायक रथी दिवाकर विक्रम राणा ले विजेता टोली तथा उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र र प्रशंसापत्र प्रदान गर्नुभएको थियो।

प्रतियोगितामा नंम्बर २ वाहिनी अड्डा अन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लामा तैनाथ गण तथा गुल्मका सैनिक खेलाडीहरूको सहभागिता रहेको थियो।

मोरङको श्री शिवदल गण, सुनसरीको श्री भगवतीदल गण, धनकुटाको श्री भीमदल गण, भोजपुरको श्री नयाँ श्रीनाथ गण, तेह्रथुमको श्री शत्रुमर्दन गुल्म, संखुवासभाको श्री इन्द्रदल गुल्म, मकालु बरुण राष्ट्रिय निकुञ्जस्थित श्री रणदल गुल्म तथा कोशी टप्पु वन्यजन्तु आरक्षमा तैनाथ श्री भीमकाली गुल्मबीच विभिन्न खेलमा प्रतिस्पर्धा भएको थियो।

फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, एथ्लेटिक्स, जुडो, कबड्डी र स्विमिङ गरी ९ विधामा खेल सञ्चालन गरिएको थियो।

सैनिक खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने, सेनाभित्र खेल संस्कृतिलाई थप मजबुत बनाउने तथा आगामी “पृतनापति ट्रफी–२०८३” का लागि उत्कृष्ट खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा सहायक वाहिनीपति, विभिन्न गण तथा गुल्मका गणपति/गुल्मपति, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, सञ्चारकर्मी, सैनिक अधिकृत तथा सकलदर्जाको उपस्थिति रहेको थियो।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved