धरान–११ मा टिकारामको घरदैलो: ‘युवा शक्ति समृद्ध सुनसरीका लागि’

  • फागुन १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरी क्षेत्र नम्बर १ का लागि टिकाराम लिम्बु (नेपाल कम्युनिस्ट पार्टी एमाले) ले धरान–११ बाट घरदैलो अभियानलाई तीव्र बनाएका छन्। निर्वाचन परिचालन समिति धरान–११ को कार्यालयबाट शुभ–सगुन ग्रहण गर्दै सुरु गरिएको अभियानमा समानुपातिक उम्मेदवार मौसमी राई समेत सहभागी भइन्।

उम्मेदवार लिम्बु, राई तथा नेता–कार्यकर्तासहितको टोलीले घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद, सुझाव संकलन र विकासका एजेन्डाबारे छलफल गरेका थिए। स्थानीयले समेत उत्साहपूर्वक स्वागत गर्दै आफ्ना समस्या र अपेक्षा राखेका थिए।

सो अवसरमा लिम्बुले आफू ताप्लेजुङको दुर्गम गाउँमा जन्मिए पनि कर्मभूमि सुनसरी नै भएको उल्लेख गर्दै आफ्नो सम्पूर्ण युवा शक्ति यस क्षेत्रको समृद्धिमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे।

“म ताप्लेजुङमा जन्मिएँ, तर मेरो कर्मभूमि सुनसरी हो। यहाँका जनताको सुख–दुःखमा अग्रपंक्तिमा रहेर काम गर्नेछु,” उनले भने। साथै, आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूलाई अनुमोदन गर्न उनले मतदातासँग आग्रह गरे।

लिम्बुले सुशासन, भ्रष्टाचार नियन्त्रण, तीव्र विकास निर्माण, प्रविधिमैत्री सेवा विस्तार र युवामुखी रोजगारी सिर्जनालाई आफ्नो प्राथमिक एजेन्डा रहेको स्पष्ट पारे।

घरदैलो कार्यक्रममा पूर्व सभामुख प्रदीप भण्डारी, पूर्व नगर प्रमुख मिन सुब्बा, प्रदेशसभा सदस्य विजय राई तथा रमेश बस्नेत लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिताले चुनावी माहोल थप तातेको देखिएको 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved