बराहक्षेत्रमा मन्दिरमा कार्तिके अर्थात हरिबोधिनी मेला शनिबार , तयारी हुँदै

  • कार्तिक १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्रसिद्ध तिर्थ वराहक्षेत्र मन्दिरमा कात्तिके अर्थात हरिबोधिनी एकादशी मेलाको तयारी अन्तिम चतरणमा पुगेको छ ।

प्रत्यक बर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यस बर्ष कात्तिक १५ गते शनिवार एकादशिको दिनबाट सुरु भई कात्तिक १९ गते बुधवार पुर्णिमाको दिनसम्म गरेर ५ दिन आयोजना हुने वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । उक्त मेला नगरपालिका र वडा कार्यालयको समन्वयमा वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको छ ।

मेलाको लागि मन्दिरमा रङ्गरोगन , कोसी नदीमा स्नान घाटको व्यवस्थापन , विद्युत्, बजार व्यवस्थापन खानेपानी लगायत मेलाकालागि आवश्यक सम्पु्र्ण तयारी पूरा र केहिको अन्तिम चतरणमा पुगेको वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका उपाध्यक्ष राजु घिमिरेले बताए । 

भक्तहरूको लागि नदीमा सुरक्षित स्नान गर्नको लागि बाँसको बार, उज्यालोकोलागि बिधुत लगाइने , मेलकाकोलागि बगर सम्याउने, रंङगाउने , मन्दिर श्रृगार्ने र नियमित सरसफाई समेत गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

मेलालाई व्यवस्थित र आक्रषित गर्न नगरपालिकाले काम गरि राखेको नगर प्रमुख कार्कीले बताए ।

भारतका रुरुक्षेत्र र कुरुक्षेत्र त्यस्तै नेपालका मुक्तिक्षेत्र र वराहक्षेत्रलाइ संसारको चारधामको रुपमा लिने भएकाले मेला भर्न भारत लगाएका देशबाट समेत तिर्थयात्री आउने गरेका छन् ।

यस बर्ष मेला भर्न चारदेखि पाच, लाख तिर्थालु मेला भर्न आउने अनुमान गरिएको वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका कोषाध्यक्ष रवि श्रेष्ठले बताए ।

हरिबोधिनी एकादशी मेलामा भारत लगायतका देशमा भक्तजनहरु आफ्नो भाकल पूरा गर्न आउने , बिबाह वा नया काम गरे वराहक्षेत्र मन्दिरमा दर्शन गर्न आउने त्यस्तै मनोकान्क्षा पूरा हुने बिश्बासले मेलामा भक्तजनहरु परापुर्वक कालदेखिनै आउने गरेको वराहक्षेत्रका पण्डित योगेश वराहक्षेत्रले बताए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved