‘सोल्टिनी’ ट्रेलर सार्वजनिक : प्रेम र विभेदबीचको संघर्षमाथि मन छोने प्रस्तुति

  • असोज २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ कार्तिक ६ गते भाइटिकाको दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल्टिनी’ को ट्रेलर सार्वजनिक गरिएको छ।

काठमाडौँमा आयोजित विशेष समारोहमा सार्वजनिक ट्रेलरले अन्तरजातीय प्रेमकथा, सामाजिक विभेद र पारिवारिक संघर्ष जस्ता गम्भीर विषयलाई मन छुने ढङ्गमा प्रस्तुत गरेको छ।

निर्देशक अर्जुन सुवेदी को निर्देशनमा बनेको फिल्मले प्रेम र समाजबीचको द्वन्द्वलाई भावनात्मक रूपमा चित्रण गरेको छ। ट्रेलरमा समुदायबीचको असमानता, पारिवारिक दबाब र प्रेमको अस्तित्वका लागि लडाइँजस्ता यथार्थपूर्ण प्रसङ्गहरू देखाइएको छ।

फिल्ममा प्रकाश र परीक्षा मुख्य भूमिकामा छन् भने सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।

फिल्मको कथा लेखनमा अर्जुन सुवेदी र कुमार भट्टराई को सहकार्य छ। निर्देशक सुवेदीका अनुसार ‘सोल्टिनी’ ले समाजमा विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्ध सशक्त सन्देश दिन खोजेको छ।

भाइटिकाको उपहारका रूपमा आउँदै ‘सोल्टिनी’, जसले प्रेम र समाजबीचको वास्तविक संघर्ष दर्शकको मन छुने संकेत गरेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved