धरानको प्रतिष्ठानमार्फत क्यान्सर उपचारमा ऐतिहासिक योगदान, रेडियोथेरापी विस्तारको माग

  • असोज २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पूर्वी नेपालमा क्यान्सर उपचार सेवा सुरु गर्ने पहिलो संस्थाका रूपमा परिचित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले तीन दशकदेखि क्यान्सर उपचारमा निरन्तर योगदान दिँदै आएको छ ।

सीमित स्रोत र संरचनात्मक चुनौतीबीच पनि प्रतिष्ठानले उपलब्ध गराएको उपचार सेवाको तथ्यांकले यस संस्थाको महत्व झनै स्पष्ट बनाएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा मात्र विभिन्न प्रकारका क्यान्सरका ३ सय ८८ बिरामीले शल्यक्रिया सेवा, र ३ हजार ६ सय ५० भन्दा बढी बिरामीले सिस्टेमिक थेरापी (किमो, हर्मोनल तथा टार्गेट) सेवा लिएका छन् ।

ब्रेन ट्युमर, ब्रेस्ट क्यान्सर, ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर, ओरल क्यान्सरदेखि लिएर ओभेरियन, प्रोष्टेट र बोन ट्युमरसम्मका जटिल केसहरू सफलतापूर्वक सञ्चालन भएको तथ्यांकले जनाउँछ ।
क्यान्सर शल्यक्रिया उपचारमा मात्र होइन, किमोथेरापी सेवा सुदृढ पार्न प्रतिष्ठानले बाहिरङ्ग तथा अन्तरङ्ग सेवा सुविधा विस्तार गरेको छ ।

बाहिरङ्ग किमोथेरापीमा २ हजार ७सय २८ बिरामी र अन्तरङ्ग सेवामा ९सय २२ बिरामी सम्मिलित भएको तथ्यांक सार्वजनिक गरिएको छ । यस्तै, क्यान्सरको अन्तिम चरणमा पुगेका बिरामीका लागि प्यालिएटिभ केयर र होम–बेस्ड हस्पाइस सेवा पनि सञ्चालनमा रहेको प्रतिष्ठानले जनाएको छ ।

उपचारसँगै प्रतिष्ठानले स्क्रिनिङ ओपीडी, ग्यास्ट्रोइन्टेस्टाइनल इन्डोस्कोपी, एचपीभि–डीएनए परीक्षण, कोल्पोस्कोपी, ब्रेष्ट क्लिनिक र क्यान्सर सचेतना कार्यक्रम मार्फत रोकथाम र पहिचान अभियानलाई पनि निरन्तरता दिएको छ ।

क्यान्सरलाई प्रारम्भिक चरणमै पत्ता लगाउने लक्ष्यसहित प्रतिष्ठानले समुदायस्तरमा सचेतना र परीक्षण सेवा विस्तार गरिरहेको उल्लेख गरिएको छ ।

हाल क्यान्सर उपचारका तीन प्रमुख स्तम्भमध्ये शल्यक्रिया र किमोथेरापी सेवा मजबुत रूपमा स्थापित भए पनि तेस्रो महत्वपूर्ण आधार रेडियोथेरापी सेवा अझै सुदृढ हुन नसकेको प्रतिष्ठानले जनाएको छ ।

प्रवक्ता प्रा.डा. अन्जु प्रधानका अनुसार, पूर्वी नेपालका क्यान्सर बिरामीलाई पूर्ण उपचार सेवा दिन अब रेडियोथेरापी इकाइ विस्तार अत्यावश्यक बनिसकेको छ । यसका लागि सरकारी तहबाट नीतिगत प्राथमिकता र संरचनागत सहयोग अपेक्षित छ ।

तीन दशकअघि धरानबाट सुरु भएको क्यान्सर उपचार सेवा आज हजारौं बिरामीका लागि जीवनरक्षक केन्द्रको रूपमा स्थापित भएको छ ।

क्यान्सर उपचारमा स्वदेशमै विश्वास जगाउन सफल प्रतिष्ठानले अब रेडियोथेरापी सेवा विस्तार गरी पूर्ण क्यान्सर केन्द्रको रूपमा उभिनुपर्ने माग सर्वत्र उठ्न थालेको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved