खोलामा पौडी खेल्दा डुबेर ज्यान गयो

  • असोज २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

मोरङ/दुर्गा माताको मूर्ति विसर्जनका क्रममा पौडी खेल्दै गर्दा मोरङको जहदा गाउँपालिका–७ लोहन्द्रा खोलामा एक युवाको ज्यान गएको छ।

स्थानीय दीपक साहका १८ वर्षीय छोरा सोनु साह सोमबार बिहान करिब ११:३० बजे खोलामा पौडी खेल्ने क्रममा डुबेका हुन्। घटना भएको सूचना पाउँदा साथ प्रहरी चौकी मझारेबाट प्रहरी निरीक्षक शेखर कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।

स्थानीयवासीहरूको सहयोगमा ती युवकलाई खोलाबाट उद्धार गरी तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। दुर्गा पूजाको उल्लासपूर्ण वातावरणबीच भएको यस दुःखद घटनाले स्थानीय समुदाय शोकाकुल बनेको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved