अभियन्ता डा. निकोलस भुसाल माइतीघरबाट पक्राउ

  • असोज २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/  ‘जेनजी आन्दोलन’का अभियन्ता डा. निकोलस भुसाल माइतीघर मण्डलाबाट पक्राउ परेका छन्।

जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

माइतीघर क्षेत्रमा बिहानैदेखि नै बाक्लो प्रहरी परिचालन गरिएको थियो। प्रशासनले पहिल्यै सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका क्षेत्रमा कुनै पनि धर्ना, जुलुस वा प्रदर्शन गर्न नपाइने जनाएको थियो।

आन्दोलनको एक महिना पूरा भएसँगै भुसालको समूहले मागहरू सम्बोधन नभएको भन्दै विरोध प्रदर्शन गर्ने तयारी गरेको थियो। तर, प्रहरीको कडाइका कारण उनीहरू प्रदर्शन सुरु गर्नै नपाउँदै पक्राउ परेका हुन्।

एक महिना लामो ‘जेनजी आन्दोलन’मा माग पूरा नभएपछि असन्तुष्टि बढ्दै गएको अभियन्ताहरूको भनाइ छ। प्रशासनले भने जनजीवन प्रभावित हुने गतिविधि रोक्न सुरक्षा व्यवस्था कडाइ गरिएको जनाएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved