आज महानवमी : देशभर नवदुर्गा भगवतीको विशेष आराधना

  • असोज १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/बडादसैँअन्तर्गत आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर धुमधामसहित मनाइँदैछ । यस दिन भक्तजनले नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी घर–घर र शक्तिपीठमा श्रद्धा अर्पण गर्दैछन्।

महानवमीको अवसरमा घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ। दसैँघर, कोतलगायत राज्यका देवी मन्दिरहरूमा आज दुर्गा भवानीको विशेष पूजा सम्पन्न हुँदैछ।

परम्पराअनुसार बोका, राँगा, हाँस र कुखुराको बलि दिइन्छ भने पशुबलि नदिने स्थानमा कुभिण्डो, काँक्रो, घिरौँला, मूला र जटा नरिवल चढाउने गरिन्छ।

महानवमी तिथिको धार्मिक महत्त्व मार्कण्डेय पुराणसँग जोडिएको छ। पुराणअनुसार यही दिन चामुण्डा देवीले रक्तवीज राक्षसको वध गरेकी थिइन्। त्यसैले यो पर्वलाई असुरमाथि देवशक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ।

देशभरका शक्तिपीठ र देवी मन्दिरमा आज बिहानैदेखि नै भक्तजनको भीड लागेको छ।

कतिपय स्थानमा पञ्चबलि दिने परम्परा कायम छ भने नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विशेष पूजा गरी कन्यापूजा र दक्षिणा दिने चलन पनि रहेको छ। साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरी धार्मिक अनुष्ठान सम्पन्न गर्ने प्रचलन छ।

यसै दिन कोतपूजा र निशानापूजा पनि गरिन्छ। राजधानीको हनुमानढोका दरबारदेखि नेपाली सेनाका ब्यारेक र गुल्मसम्म बाजागाजासहित जङ्गी निशाना पूजा गर्ने परम्परा रहिआएको छ।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved