धरान–५ र ४ का स्थानीय वर्षौंदेखि जोखिम मोलेर खोला पार गर्न बाध्य लेदुवा खोलामा ७ वर्षदेखि अलपत्र पुल

  • असोज ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  धरान उपमहानगरपालिका–५ को देवी गाउँमा लेदुवा खोलामा निर्माण सुरु भएको पुल सात वर्ष बितिसक्दा पनि अझै अधुरो छ। सम्झौताअनुसार चार वर्षअघि नै सम्पन्न हुनुपर्ने पुल अझै ५० प्रतिशत मात्रै बनेको छ।

विसं २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच रु एक करोड २१ लाख ८६ हजार ८१३ मा सम्झौता भएको थियो। सम्झौताअनुसार २०७८ साउन ७ भित्र पुल तयार हुनुपर्नेमा अहिलेसम्म दुवैतर्फका पिलर मात्र बनेका छन्। बाँकी संरचना भने झाडीले ढाकिएका छन्।

धरान–५ का वडा अध्यक्ष मनप्रसाद लिम्बूका अनुसार पुल निर्माण नभएकै कारण स्थानीयवासीले वर्षौंदेखि ठूलो सास्ती खेपिरहेका छन्। बर्खामा बाढी आउँदा बिरामीलाई अस्पताल पुर्‍याउनै गाह्रो हुने, अस्थायी बाँसको पुल बाढीले बगाउने, विद्यार्थीलाई विद्यालय जान घण्टौँसम्म खोला किनारमै पर्खिनुपर्ने अवस्था हुने गरेका छन्।

धरान–५ भित्र कक्षा ५ सम्म मात्र विद्यालय रहेकाले मनटार, सुमनटार, मुक्तिलाल, निशान डाँडा र तल्लो निशान डाँडाका विद्यार्थीहरू कक्षा ६ देखि माथि पढ्न खोला पार गरेर धरान बजार पुग्नुपर्ने बाध्यता छ।

पटक–पटक म्याद थप्दा पनि काम अघि नबढ्दा स्थानीय निराश बनेका छन्। गत चैतमा भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गरी कम्पनीको ठेक्का रद्द गरेर धरौटी जफत गर्ने प्रक्रिया सुरु भएको जानकारी दिएका थिए। तर ठेकेदार कम्पनीले अदालतबाट स्टे–अर्डर लिएपछि काम रोकिएको हो।

यसबीचमा ठेकेदार कम्पनी सम्पर्कमै नरहेको वडा अध्यक्ष लिम्बूले बताए। स्थानीयवासीले भने अब तत्काल वैकल्पिक व्यवस्था वा नयाँ ठेक्का गरेर भए पनि पुल निर्माण सम्पन्न गर्न सरकारसँग माग गरेका छन्।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved