काठमाडौंमा जेनजीको भव्य प्रदर्शन, बानेश्वरमा प्रहरीले हान्यो अश्रुग्यास

  • भदौ २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेनजीले काठमाडौंमा आयोजना गरेको प्रदर्शनमा आज  तनावपूर्ण अवस्था सिर्जना भएको छ।

बिहान ९ बजेदेखि माइतीघर मण्डलाबाट सुरु भएको विरोध मार्च बानेश्वर पुग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

देशभर एकसाथ विरोध प्रदर्शनमा उत्रिएका जेनजी कार्यकर्ताहरू पछिल्लो समयमा सरकारले सामाजिक सञ्जाल बन्द गरेको कदमप्रति विशेष आक्रोशित देखिएका थिए। यही कारण उनीहरूले सामाजिक सञ्जालमार्फतै सरकारविरुद्धको आन्दोलनलाई जनस्तरमा उतारेका हुन्।

शान्तिपूर्ण रूपमा अघि बढिरहेको प्रदर्शन बानेश्वरमा पुग्दा परिस्थिति चर्किएको थियो। माइतीघरबाट आएको समूहले प्रहरीको ब्यारिकेड तोड्दै अगाडि बढ्दा, तीनकुनेबाट आएको अर्को समूह संसद भवनको गेटसम्म पुगेको थियो। संसद भवन क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेकाले, प्रहरी बल प्रयोग गर्दै अश्रुग्यास प्रहार गरेको हो।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved