आजदेखि सुरु भयो पितृ पक्ष, श्रद्धा–भक्तिसहित मनाइँदै सोह्रश्राद्ध

  • भदौ २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार आश्विन कृष्ण प्रतिपदादेखि आरम्भ भई आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनसम्म चल्ने यो अवधिभर दिवंगत पितृप्रति श्रद्धा अर्पण गरिन्छ।

यस क्रममा प्रत्येक तिथिमा तर्पण, सिदादान र पिण्डदान गरी दिवंगत पितृलाई सम्झने धार्मिक परम्परा रहेको छ। वैदिक सनातन शास्त्रीय परम्पराअनुसार, कुनै ठूलो चाडपर्व, यज्ञ–यागादि वा महत्वपूर्ण कार्य अघि पितृलाई श्रद्धा–भक्तिसहित सम्झनु अनिवार्य मानिन्छ।

शास्त्रीय विश्वासअनुसार सोह्रश्राद्धको समयमा पितृहरूले सन्तानबाट कृतज्ञता र सम्मानको प्रतीक्षा गरिरहेका हुन्छन्। यस अवसरमा गरिएको तर्पण र पिण्डदानले पितृ ऋण तिर्ने, आफ्नो दायित्व पूरा गर्ने र पितृको आशीर्वाद प्राप्त हुने धार्मिक आस्था रहिआएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved