सुन्दरदुलारी उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश थापा

  • भदौ २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुन्दरहरैँचा/ सुन्दरहरैँचा नगरपालिकास्थित सुन्दरदुलारी उद्योग वाणिज्य संघको ११औं बार्षिक साधारणसभाले रमेश थापालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।

साधारणसभाले सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई पनि सर्वसम्मत निर्वाचित गरेको छ। निर्वाचित पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष हिरन्य कालाखेति (अर्जुन), द्वितीय उपाध्यक्ष यसोन श्रेष्ठ (मिलन), महासचिव कमल दाहाल, सचिव मनिता दंगाल र कोषाध्यक्ष अम्बिका पुरी रहेका छन्।

त्यस्तै, संघका सदस्यहरूमा कमल ढुङ्गाना, प्रल्हाद थोप्रा, लिलाप्रसाद अधिकारी, भिककुमारी ढकाल, धुर्व निरौला, मदन दाहाल र रमेश आचार्य निर्वाचित भएका छन्।

निर्वाचन समितिका संयोजक बालकृष्ण आचार्यले निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरेका थिए। संघले विगतदेखि नै सहमतिको आधारमा नेतृत्व चयन गर्दै आएको छ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष किशोर कार्की र निवर्तमान अध्यक्ष जिवनप्रसाद ढुङ्गानाको पनि सहभागिता थियो। नयाँ कार्यसमितिले व्यवसायी, व्यापारी र उद्योगीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved