नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने भनिए पनि अझै सञ्चालनमै

  • भदौ २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/  सरकारले बिहीबार रातिदेखि नेपालमा दर्ता नभएका फेसबुक, एक्स (ट्विटर), युट्युबसहित २५ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे पनि शुक्रबार सम्म ती सञ्जाल सामान्य अवरोध बाहेक चलिरहेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार नै सबै सेवा प्रदायकलाई पत्र पठाई तत्कालै ती सञ्जाल रोक्न निर्देशन दिएको थियो। त्यसअनुसार नेपाल टेलिकमले समेत सूचना जारी गरेर दर्ता नभएसम्म प्रयोग गर्न नपाइने बताएको थियो।

तर, फेसबुक, एक्सलगायतका प्लेटफर्म अझै सञ्चालनमै रहेपछि प्रश्न उठेका छन्। सञ्चार मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालले यसलाई प्राविधिक कारण भएको बताए। उनका अनुसार शुक्रबार कार्यालय खुलेपछि प्राधिकरणलाई थप निर्देशन दिइने छ।

पौड्यालका अनुसार फेसबुक सञ्चालक कम्पनी मेटा र एक्सले अनौपचारिक सम्पर्क गरी दर्ताका लागि आवश्यक कागजातबारे सोधपुछ गरेका छन्।

तर औपचारिक पहल भने अझै भएको छैन।
‘सरकारले गरेको निर्णय रोकथाम वा बन्देज होइन, नियम पालना गराउने हो,’ पौड्यालले भने, ‘औपचारिक सम्पर्क गरेर प्रक्रिया सुरु गर्नेबित्तिकै पुनः सञ्चालन हुनेछन्।’

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved