सम्पर्कमा आयो फेसबुक,माग गर्यो आवस्यक कागजजात

  • भदौ १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौ । सररकारले वन्द गर्ने निर्णय गरेपछि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता चर्चित सोसल मिडिया प्लेटफर्मको माउ कम्पनी मेटा नेपाल सरकारको सम्पर्कमा आएको छ ।

आज मात्र सरकारले नेपालमा दर्ता नभएका सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि सिंगापुरबाट मेटा कम्पनीका प्रतिनिधि सञ्चार मन्त्रालयको सम्पर्कमा आएका हुन् । उनले दर्ताका लागि के कस्ता प्रक्रिया छन् भनेर सोधीखोजी गरेपछि मन्त्रालयले आवश्यक पर्ने विवरण इमेलमार्फत पठाइसकेको प्रवक्ता गजेन्द्रकुमार ठाकुरले काेशीपत्रलाई जानकारी दिए ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सिंगापुरमा रहेको मेटा कम्पनीका प्रतिनिधिले शुक्रवार अनौपचारिक रूपमा सम्पर्क गरेका थिए । उनले मन्त्री पृथ्वी सुब्बा गुरुङका सल्लाहकार शालिग्राम पराजुलीलाई मेटा कम्पनीका अधिकारीहरूले सरकारको निर्णय बारे सोधेका थिए भने नेपालको विद्यमान कानुन अनुसार के के कागजपत्र चाहिन्छ भनेर जिज्ञाशा राखेका थिए ।

‘हामीले उनको इमेल ठेगानमा माग्यौँ । सो इमेलमा नेपाल सरकारले गर्न लागेको व्यवस्थाको बारेमा जनकारी दिइसक्यौँ,’ ठाकुरले काेशीपत्रसँग भने ‘अब चाँडै दर्ता हुने कुरो बुझिएको छ ।’

उनका अनुसार नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्चालन र ओटीटी प्लेटफर्म कम्पनीहरू दर्ता लगत्तै सञ्चालन गन्नुभन्ने निर्देशन मन्त्रालयबाट दूरसञ्चार प्राधिकरणलाइ दिइसकिएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved