फेसबुक, युट्युब, एक्सलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय

  • भदौ १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं /  नेपाल सरकारले फेसबुक, युट्युब, एक्स (ट्विटर) लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न प्राधिकरणलाई पत्राचार गर्दै आजदेखि नै उक्त सञ्जालहरू बन्द गर्ने तयारी गरेको हो।

सर्वोच्चले अनुमति नलिएका सामाजिक सञ्जाल र ओटीटी एप्सलाई तत्काल बन्द गर्न परमादेश जारी गरेको थियो। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले सरकारलाई विदेशी डिजिटल प्रसारण संस्थाले नेपालमा सेवा दिनुअघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने आदेश दिएको हो।

सरकारले गत हप्ता सामाजिक सञ्जालहरूलाई सात दिनभित्र नेपालमा दर्ता हुन अल्टिमेटम दिएको थियो। तर, फेसबुक, इन्स्टाग्राम, युट्युब, लिंक्डइन, ह्वाट्सएप, गुगललगायतले अझै निवेदन नदिएको मन्त्रालयले जनाएको छ।

हाल नेपालमा भाइबर र टिकटक मात्र दर्ता भएर सञ्चालनमा छन्। ‘अत्यावश्यक’ सेवाहरू रोकिँदैनन् तर सूचीकरण अस्वीकार गरिरहेका ‘अनावश्यक’ ठहरिएका केही सञ्जाल बन्द हुने संकेत गरिएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved