धरानको कार्यपालिका बैठक टेवल ठोकेर पाँच मिनेटमै सकियो

  • भदौ १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 धरान । धरान उपमहानगरपालिकाको वुधबार वसेको कार्यपालिका आकस्मिक वैठक लगभग पाँच मिनेट वसेर सकिएको छ ।
वजेटको विषयमा भने केही पनि भएन । मेयर हर्कराज राईले बेलुकी ४ वजे सामाजिक सन्जालमा कार्यपालिका वैठकको लागि वडाध्यक्ष सहित कार्यपालिका सदस्यलाई आव्हान गरेका थिए । सोही मुताविक वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरु वैठकमा उपस्थित भए तर एउटा मात्रै प्रस्ताव मेयर राईले राखेका थिए ।

कर्मचारीहरूको तहवृद्धि सम्बन्धीको प्रस्ताव राखे र सवैले ताली वजाएर बैठक लगभग पाँच मिनेट पनि नलागि सकिएको जानकारी मेयर राईले गराए । बैठकमा मुख्यतया कर्मचारीहरूको तहवृद्धि (ग्रेड बढुवा) को एजेन्डामा छलफल गरी पारित गरिएको थियो।बैठक सकिएको घोषणा गर्दै बैठक इतिहासकै सबैभन्दा छोटो र मीठो कार्यपालिका बैठक भएको बताए ।

बैठकमा धेरै विषयमा छलफल नभएको र कर्मचारीहरूको तहवृद्धि सम्बन्धी एक मात्र एजेन्डामा सहमति जुटेको जानकारी गराइएको छ। यो निर्णय कार्यपालिका बैठकबाट गठन भएको तहवृद्धि सिफारिस समितिले सिफारिस गरेबमोजिम भएको हो। यसअन्तर्गत १७ जना कर्मचारीहरूको तहवृद्धि गर्ने निर्णय गरिएको छ।
यसअघि, विपक्षी दलका जनप्रतिनिधिहरूले बजेट लगायतका केही विषयमा असहमति जनाउँदै बैठक बहिष्कार गरेका थिए।बैठकमा भने विपक्षी दलका जनप्रतिनिधिहरू पनि उपस्थित थिए। उनीहरूले कर्मचारीहरूको तहवृद्धि सम्बन्धी विषय स्थायी प्रशासनसँग जोडिएको र यसले उनीहरूको लामो समयको सेवापछि पाउने अवसरलाई सुनिश्चित गर्ने भएकाले समर्थन गरेको जनाएका छन्।

उनीहरूले यसलाई मेयरको हस्तक्षेप नभई कर्मचारीहरूको हकको विषय भएकाले सहभागिता जनाएको स्पष्ट पारे। बैठकमा स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐन २०८० को दफा २७ र सोही ऐनको दफा ८ को उपदफा १६ बमोजिम १७ जना स्वास्थ्य सेवाका कर्मचारी र अन्य ६ जना कर्मचारीहरूको तहवृद्धि गर्ने प्रस्तावलाई अनुमोदन गरिएको छ।
बजेटको सन्दर्भमा भने मेयरसँग छलफल भइरहेको र छिट्टै सहमति जुट्ने आशा गरिएको छ। एमालेका जनप्रतिनिधिले मेयर उप मेयर कोष ,पुरानो एकीकृत सम्पत्ति कर र सवारीसाधनको करलगायतका विभिन्न शुल्कहरू बढेकोमा असहमति जनाउँदै कर घटाउनुपर्ने माग गरेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved