लिम्बु युवा युवतीलाई दश दिने च्याब्रुङ बजाउने तालिम

  • भदौ १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पछिल्लो समय सबै जातजातिले आफ्नो संस्कृतिलाई जीवन्तता दिन युवा पुस्तालाई हस्तान्तरण गर्ने अभियानलाई अगाडि बढाउदै गएका छन् ।

आफ्नो पीढि पश्चात पनि आफ्नो र्सँस्कृति नमारोस् भन्न अभिप्रायले युवा पुस्तालाई सिकाएर सँस्कृति सुम्पिने अभियानलाई निरन्तता दिन थालिएको हो ।

लिम्बु जातिमा साँस्कृतिक चाडपर्वमा चाहिने बाजामध्येको च्याब्रुङलाई युवा पुस्तासम्म पु¥याउन १० दिने च्याम्बुङ तालिमको आयोजना गरिएको छ । मेन्याङ्बो कल्याणकारी संघले पुस्तैदेखि प्रयोग हुदै आएको साँस्कृतिक बाजा च्याब्रुङलाई जीवन्तता दिन युवा पुस्तालाई प्रशिक्षण दिएको हो ।

लिम्बुजातिसँगै अन्य जातिको तालिममा सहभागिता रहेको छ । तालिममा सहभागी १ सय जनालाई प्रशिक्षक गोपुलाल फेम्साङ लिवाङले प्रशिक्षण दिएका थिए ।
च्याब्रुङ बजाउने तरिका, च्याबुुङ बजाउदा नाच्ने चालको तरिकासँगै यसकोे इतिहास र मुन्धुमको बारेमा पनि सिकाइएको थियो ।

स्थानीय सरकार धरान उपमहानगरपालिका १५ नं. वडा कार्यालयको १ लाख रुपैयाको सहयोगमा आयोजना गरिएको प्रशिक्षणको आयोजना भने मेन्याङवो कल्याणकारी संघ धरानले गरेको हो ।

सो अवसरम बोल्दै संघका अध्यक्ष नवीन मेन्याङवोले लिम्बू जातिको प्रमुख सांस्कृतिक बाजा सहितको नृत्य शैली नयाँ युवा पुस्तालाई हस्तान्तरण गर्नकै लागि च्याम्बुङ बजाउने र नाच्ने तालिम दिएको बताए ।

उनले लिम्बु सँस्कृति नेपालकै सँस्कृति भएकोले यसलाई सबैमाझ पु¥याएर व्यवसायिक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

जातीय कला, संस्कृति र परम्पराको संरक्षण संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्न १० दिने च्याब्रुङ नाच प्रशिक्षण आयोजना गरिएका र यो प्रभावकारी भएको बताए ।
यस्तै धरान उपमहानगरपालिका १५ नं. वडा कार्यालयका वडाध्यक्ष नरेश इवारमले साँस्कृतिक पर्वमा बजाइने बाजा दिनप्रतिदिन हराउदै गएको र महँंगो बन्दै गएको बेला प्रशिक्षणबाट उत्पादन भएकाहरुबाट सर्वसाधारणले सहज रुपमा उपलब्ध गराउन पाउने अवसर मिलेको बताए ।

उनले आगामी दिनमा पनि १५ नं. वडा समितिले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
धरान वहुजाति बसोबास गर्ने सहरको रुपमा चिनिन्छ ।

यो प्रशिक्षणले धरानमा हुने सभा–सम्मेलनमा च्याब्रुङ नृत्यका लागि हुने माग हुने गरेको हुनाले यसले सहजता प्रदान गर्ने जनाइएको छ ।

संस्कार संस्कृति बाचे त्यस जातिको पहिचान जीवित रहने भएकोले साँस्कृतिक बाजा, पर्व, कलालाई युवा पुस्तालाई हस्तान्तरण गर्दै जाने प्रचलनले कुनै पनि जातिको पहिचान नामेट नहुने देखिएको छ ।

सबै जातजातिहरुले पहिचान स्थापित गर्न युवा पुस्तालाई हन्तारण गर्ने काममा लागि परेका छन् भने यसलाई स्थानीय सरकार धरान उपमहानगरपालिकाले समेत सहयोग पु¥याउदै आएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved