नक्कली भुटानी शरणार्थी काण्डः आज सुनुवाइ हुँदै

  • भदौ १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुँदैछ। अदालतले प्रमाण बुझ्ने तथा जाहेरकर्ता र अभियुक्तकातर्फबाट साक्षी बकपत्र गराएपछि मुद्दा दायरको करिब साढे २ वर्षपछि जिल्ला अदालतले सुनुवाइको चरणमा लगेको हो।

सरकारी साक्षी तथा जाहेरवालाहरूले बकपत्र गर्दा आफूहरुले कसैको पनि नाम नदिएको, बालकृष्ण खाणलाई पैसा नबुझाएको भन्दै पूर्वगृहमन्त्री खाण यो प्रकरणमा संलग्न नभएको बताएका छन्।

अदालत प्रशासनका अनुसार पछिल्लो समय मुद्दालाई साप्ताहिक रूपमा पेसी चढाएर साक्षी बुझ्ने र बकपत्र गराउने काम भएको थियो। अदालतले प्रमाण बुझ्ने तथा जाहेरकर्ता र अभियुक्तका तर्फबाट साक्षी बकपत्र गराएको हो। अब मुद्दा सुनुवाइ गर्न आजलाई पेसी तोकिएको छ।

जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।

पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटे । केही भने जिल्ला र उच्चकै फैसला सदर भएर थुनामा छन्।

१० जेठ २०८० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्य विरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएकामा ९ वैशाख २०८१ मा पहिले नै प्रतिवादी बनाइएका केशव दुलालसहित ५ जना र ४ साउन २०८१ मा अर्का सन्दिग्ध पात्र बेचन झाविरुद्ध २९ साउन २०८१ मा पूरक मुद्दा अदालत पुगेको थियो।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved