सुन्दरहरैंचा/ मोरङको सुन्दरहरैचामा निवृत राष्ट्रसेवक समाज नेपालले ८५ औं निवृत्तभरण दिवस मनाईयो छ। सुन्दरहरैंचा नगरपालिका वडा (८ सलकपुरको आफ्नै कार्यालयमा ८५ औं निवृत्तभरण दिवस मनाएको हो।
सेवा निवृत्त राष्ट्र सेवक समाज सुन्दरहरैचा नगर कार्य समितिको आयोजनामा पेन्सन डे मनाइएको नगर अध्यक्ष उमाकान्त चौलागाईले जानकारी दिए । निवृत राष्ट्रसेवक समाज नेपालका केन्द्रीय सचिव राजेन्द्र कुमार पडेलको प्रमुख आतिथ्यता छलफल ताथा अन्तरक्रिया कार्यक्रम गरेर निवृत्तभरण दिवस मनाईएको हो।
निवृत राष्ट्रसेवक समाज मोरङका अघ्यक्ष पदमबहादुर न्यौपाने अघ्यक्षतामा भएको कर्यक्रममा सहभागीहरुले योजना निर्माणदेखि हेरक क्षेत्रमा विज्ञको आवश्यकता पर्ने भएकोले भूपू कर्मचारीहरूलाई अनुभवको आधारमा स्थानीय सरकारले विज्ञमा नियुक्ति गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बिनोद चापागाईं, प्रकाश चन्द्र खतिवडा र तिलप्रसाद गुरागाइले कविता मार्फत आफ्नो धारणा राख्दै निवृत राष्ट्रसेवकको सेवा, सुविधा पाउनु पर्ने बिषयमा सरकार गम्भीर रुपमा लाग्नु पर्ने जोड दिएका थिए ।
कार्यक्रम समापन गर्दै समाका अध्यक्ष न्यौपानेले राज्यलाई सेवा गरेर अवकाश पाएपछि अब समाजलाई सेवा गर्नुपर्छ भन्ने मान्यता राख्दै निवृत्त राष्ट्रसेवक समाजले बिकृती बिसंगतिलाई परिस्कृत गर्दै अघि बढ्नु पर्ने उल्लेख गरेका थिए।
सेना, निजामती कर्मचारी, प्राध्यापक, शिक्षक तथा बैक तथा वित्तीय क्षेत्रमा कार्यरत व्यक्तिहरूले संयुक्त रूपमा पेन्सन डे मनाएका हुन् ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु चोलिन्द्र प्रसाद घिमिरे र बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण समाजका सचिव कोमल प्रसद लुइँटेलले गरेका थिए।