विधान महाधिवेशनः एमाले सुनसरी–१ को सुझाव सङ्कलन

  • भदौ १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले पार्टी केन्द्रको विधान महाधिवेशनको सन्दर्भमा सुझाव सङ्कलन गर्दैछ । सुनसरी क्षेत्र नम्बर १ मा पर्ने २७ वडालाई ३ समूहमा विभाजन गरी सुझाव सङ्कलन गरिंदैछ ।

धरान उपमहानगर कमिटी कार्यालयमा जारी सुझाव सङ्कलनमा धरान–१ देखि ७ नम्बर वडा र रामधुनी–६ र ७ नम्बर वडाको सहजीकरण पार्टीका कोशी प्रदेश कमिटी सदस्य योग्यराज खड्काको सहजीकरणमा भइरहेको छ ।

यस्तै धरान–८ देखि १४ र वराहक्षेत्र १ र २ नम्बर वडाको सहजीकरण पार्टीका कोशी प्रदेश कमिटी सचिवालय सदस्य जयकुमार राईको सहजीकरणमा भइरहेको छ ।

धरान–१५ देखि २० नम्बर वडा र वराहक्षेत्र ३ देखि ५ नम्बर वडाको सहजीकरण नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य रमेश बस्नेतको सहजीकरणमा भइरहेको छ ।

जारी सुझाव सङ्कलनका सन्दर्भमा विधान महाधिवेशनमा उमेर हदबन्दी र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषयमा छलफल भएको छ ।

पार्टीमा दोहोरो जिम्मेवारी दिन नहुने, पार्टी सदस्यता प्राप्त गर्ने प्रक्रिया, पार्टी पदाधिकारीमा महिलाको सङ्ख्या तोकिएरै आउनुपर्ने, पार्टी नेताका सम्पत्तिको रेकर्ड पार्टीले राख्नुपर्नेलगायतका मुद्दा सुझावका रुपमा उठेका छन् ।

क्षेत्रीय कमिटी संयोजक मीन सुब्बाको अध्यक्षतामा आयोजित सुझाव सङ्कलन कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज मन्जु भण्डारीको प्रमुख आतिथ्यता रहेको क्षेत्रीय कमिटी सचिव हरि पौडेलले जानकारी दिए ।

Sunsari emale IMG-20250902-WA0014

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved