नेपाल कबड्डी लिगको खेलाडी दर्ता आजसम्म

  • भदौ ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

काठमाडौं/ नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को लागि खेलाडी दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । त्यसैले आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्ट खेलाडी दर्ताको अन्तिम(आज) दिन सोमबार-२५ अगस्ट, २०२५ तोकेको छ ।
 
एनकेएलले स्वदेशी तथा बिदेशी खेलाडीको बढ्दो उत्साहको कारण दोस्रो सिजनको लागि खेलाडी दर्ताको अवधि लम्बाएको थियो । एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीका अनुसार काठमाडौं उपत्यका र मोफसलसँगै बिदेशी खेलाडीको अत्याधिक चासो आएको छ, त्यसैले कोही पनि इच्छुक खेलाडी नछुटोस् भनेर सोमबारलाई खेलाडी दर्ताको अन्तिम दिन तोकिएको हो ।’
 
दर्ता गरिका खेलाडीलाई ड्राफ्टमार्फत् फ्रेन्चाइज टिमले लिनेछन्, जसले एनकेएलको सिजन दुईमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । खेलाडी दर्ता प्रक्रिया ८ जुलाई, २०२५ मा खुला गरिएको थियो । दोस्रो सिजनको प्रतियोगिताको मिति पनि चाँडै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
 
नेपाली कबड्डी इतिहासमै फ्रेन्चाइज टोलीको ऐतिहासिक प्रतियोगिताको रुपमा एनकेएलको सिजन १ १७–३१ जनवरी, २०२५ मा भव्यताकासाथ सम्पन्न भएको थियो । विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ सहरका ६ टिममा नेपालसहित, थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्याका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
 
त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । एनकेएलका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले पीकेएल सिजन १२ खेल्ने क्रममा भारतमा व्यस्त छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved