'गरिमा तीज उत्सव–२०८२’ अनिता तामाङ ‘गरिमा तीज क्वीन’ घोषित

  • भदौ ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ हरितालिका तीजको अवसरमा गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको “गरिमा तीज उत्सव–२०८२” सम्पन्न भएको छ।

शनिबार धरान–१ स्थित धुलिखेल समाजको हलमा आयोजित उक्त कार्यक्रममा तीज विशेष नृत्य प्रतियोगिता “गरिमा तीज क्वीन–२०८२” सम्पन्न गरिएको हो।

प्रतियोगितामा धरान–८ की अनिता तामाङ विजेता बन्न सफल भइन्। सोही क्रममा धरान–३ की मेन्दो मोक्तान फस्ट रनरअप तथा सोही वडाकी सोनी बिष्ट सेकेन्ड रनरअप बनेकी छन्।

विजेता र उपविजेताले क्राउन, ट्रफी, प्रमाणपत्र, स्यास, गिफ्टह्याम्पर साथै गरिमा डान्स सेन्टर धरानमा दुई महिना निःशुल्क नृत्य सिक्ने अवसर पुरस्कार स्वरूप प्राप्त गरेका छन्।

त्यसैगरी विभिन्न टाइटल अवार्ड पनि घोषणा गरिएको थियो।

• बेष्ट डान्स – धरान–१० की मनिता लिम्बू

• मोस्ट एक्टिभ – धरान–१३ की सीतादेवी विश्वकर्मा

• बेष्ट ड्रेसअप – धरान–१० की राधा बुढाथोकी

• बेष्ट मेकअप – धरान–१५ की मीना पाख्रिन

• बेष्ट चियरफूल – धरान–१५ की माया गुरुङ

• बेष्ट स्माईल – धरान–७ की सम्झना बिष्ट

• बेष्ट फिगर – धरान–९ की चन्द्र याख्खा

• मोष्ट ईनरजेटिक – धरान–१९ की सरिता राई

• मोष्ट चार्मिङ – धरान–१५ की रेणुका राई (लिम्बू)

यी उपाधि विजेताले पनि ट्रफी, स्यास, गिफ्टह्याम्पर र निःशुल्क नृत्य सिक्ने अवसर पाएका छन्।

पुरस्कार वितरण कार्यक्रम गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बू, नृत्य निर्देशकद्वय विनिता राई, सरस्वती योगी, धरान–१५ की वडा सदस्य रचना नेपाली, एशियन थाई फुड्स प्रा.लि.का सेल्स अफिसर अमित गुरुङ र भुवनमणि दाहाल, एलाईनेट जिम धरानका अध्यक्ष बिक्रम लिम्बू तथा अम्बिका तामाङले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रमको सभापतित्व गरिमा डान्स सेन्टरका निर्देशक मणिकुमार लिम्बूले गरेका थिए भने प्रमुख आतिथ्यमा डा. सोनिया दुलाल (वरिष्ठ अन्कोलोजी/क्यान्सर विशेषज्ञ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) उपस्थित थिइन्।

नृत्य प्रतियोगिताको निर्णायकमा सरस्वती योगी र विनिता राई रहेका थिए।

कार्यक्रममा गरिमा डान्स सेन्टरका कलाकारहरुले विभिन्न तीज गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएका थिए। कार्यक्रमको सञ्चालन सन्जु राईले गरेकी थिइन्।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved