सियोन स्कुलको ऐतिहासिक सफलता: कक्षा-१२ मा १००% नतिजा, उत्कृष्ट विद्यार्थीलाई सम्मान

  • भदौ ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान–१६ स्थित सियोन स्कुलले नेपाल परीक्षा बोर्डद्वारा लिइएको २०८१ सालको कक्षा–१२ वार्षिक परीक्षामा १०० प्रतिशत नतिजा निकाल्दै उत्कृष्ट उपलब्धि हासिल गरेको छ।

यस उपलब्धिलाई विशेष बनाउन स्कुलले शुक्रबार आफ्ना सफल विद्यार्थीलाई सम्मान गरेको हो।

स्कुलको सेमिनार हलमा आयोजित कार्यक्रममार्फत निर्देशक तथा प्रिन्सिपल खड्ग बहादुर थापा मगर, भाइस प्रिन्सिपल राकेस चौधरी, पिआरओ मान बहादुर थापा मगरलगायतले उत्कृष्ट विद्यार्थीलाई खदा र मायाको चिनो सहित सम्मान गरेका थिए।

समारोहमा बोल्दै निर्देशक थापा मगरले सफलताप्रति बधाई ज्ञापन गर्दै भने, “उच्च शिक्षा र सीप हासिल गर्न विदेश जानुहोस्, तर सकेपछि आफ्नै देशमा फर्केर केही गर्नुहोस्। हात डोर्याएर हुर्काउने आमा–बुबा, समर्पित गुरु र मातृभूमि कहिल्यै नबिर्सनुहोस्।”

त्यस्तै, भाइस प्रिन्सिपल राकेस चौधरी र प्लस–टु संयोजक अनुप अग्रवालले पनि विद्यार्थीलाई उच्च शिक्षामा सफलताको शुभकामना व्यक्त गरेका थिए।

स्कुलका अनुसार ४६ जना सहभागीमध्ये ४ जना विद्यार्थीले “ए प्लस”, ३३ जनाले “ए” र ९ जनाले “बी प्लस” प्राप्त गर्दै शत प्रतिशत सफलता हासिल गरेका छन्।

 Messenger_creation_967D99B2-601D-4946-AAFF-929AECFAC15D Messenger_creation_6450C41A-30C6-43B4-B0CB-4BFF8FE4DF32 Messenger_creation_BABF6BE2-90FB-4887-A22A-9E4A6E660E17 Messenger_creation_E15E117A-1FD1-433C-909C-4C8CABE6D873

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved