दुहवीमा आठौँ श्री गणेश पूजा महोत्सव हुने

  • भदौ ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  सुनसरीको दुहवीमा श्री गणेश चतुर्थीको अवसरमा आठौँ श्री गणेश पूजा महोत्सव हुने भएको छ ।

दुहवी नगरपालिका वडा नं। ५ स्थित श्री शिब मन्दिर छेउमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा भदौ ११ गते देखि १३ गते सम्म श्री गणेश पूजा महोत्सव हुँने शनिवार पत्रकार सम्मेलन मार्फत श्री गणेश पूजा समितिका सदस्य रितेश हलुवाईले जानकारी दिए ।

उक्त गणेश पूजा महोत्सवमा अनुमानित पन्ध्र लाख खर्च हुने आयोजकले जनाएको छ । दुहबी नगरपालिका वडा नं। ५ मा सात वर्ष देखि मनाउदै आएको श्री गणेश पूजा महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी नै तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताइएको हो ।

गणेश पुजा समितिका व्यवस्थापन निर्देशक राकेश मुन्दडाले यहि भाद्र ११ गते बुधबारका दिन पुजा शुभारम्भ तथा प्रसाद ग्रहण हुँने साथै दुइ दिन सम्म बिहान र बेलुकी पुजा आरती र भजन संध्याको कार्यक्रम रहँने बताए ।

मुन्दडाले सो महोत्सवमा आकर्षकको रुपमा १० फीट उचाई भएको गणेश मूर्ति, ७५ केजीको लड्डु प्रसाद र भारतको कोलकताकी नेहा सिंह राजपुत साथै बिहार कटिहारका धिरज सिंह राजपुत लगायत सुनसरी, मोरङ तथा झापा जिल्लाबाट ख्याती प्राप्त कलाकारहरुबाट कला प्रस्तुत गर्ने बताए ।

दुहवीमा आठौँ पटक आयोजना हुन गईहरेको महोत्सवमा आयोजकले १० देखि १५ हजार भक्तजनहरु सहभागि हुने अनुमान गरेको छ ।

उक्त श्री गणेश पूजा महोत्सव भाद्र १३ गते शुक्रबारका दिन दुहवी नगर परिक्रमा गरेर दुहवीको बुढीखोलामा मुर्ती बिर्षजन हुने आयोजकले जनाएको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved